नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी, भीम रावलसहित परराष्ट्र र अर्थमन्त्री पनि सहभागी

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकाे केन्द्रीय सचिवालयकाे बैठक बालुवाटारमा बसिरहेकेा छ।

आजको बैठकमा स्थायी समिति सदस्य भीम रावल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अर्थमन्त्री डा. युवराज खतिवडासमेत सहभागी छन्।

रावल र ज्ञवाली नेकपाले गठन गरेको एमसीसी कार्यदलका सदस्यहरू हुन्। आजको बैठकमा एमसीसी परियोजनालाई कसरी अगाडी बढाउने भन्रेबारे छलफल भइरहेको छ।

नेकपाका नेता झलनाथ खनालको संयोजकत्वको एमसीसी कार्यदलले तयार पारेको प्रतिवेदनमा छलफल केन्द्रित रहेकाे बताइएकाे छ।कार्यदलले एमसीसी अहिलकै अवस्थामा पारित गर्न नहुने सुझावसहितको प्रतिवेदन बुझाएको थियो।

सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत एमसीसी परियोजना समावेश गराएको भन्दै पार्टीका नेताहरूले सरकारकाे विरोध गरिरहेका छन्। एमसीसी परियोजना कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे नेकपाभित्र तीव्र मतभेद छ।

संसदमा आर्थिक वर्ष ०७७/७८ का लागि पेश भएको बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण निर्माण गरिने उल्लेख छ। यी दुवै आयोजना एमसीसी अन्तर्गतका आयोजना हुन्।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्ने/नगर्ने संसदको हातमा भएको बताएका थिए । साथै एमसीसी अनुमोदन नभए पनि सरकार आफैंले अन्तरदेशीय प्रसारण लाइनमा लगानीमा लगानी गर्ने उनले बताएका थिए ।

बजेटमा भने अन्तर्राष्ट्रिय सहयाेग परिचालन अन्तर्गत एमसीसी अन्तर्गतकाे करीब ६ अर्ब रूपैयाँ परिचालन गर्ने भनिएकाे छ।

प्रतिक्रिया दिनुहोस्