बजेटमा एमसीसीको पैसा : ५५ अर्बमध्ये ५ अर्ब ७२ करोड आउँदो वर्ष परिचालन हुने
आजको सचिवालय बैठकमा उक्त कार्यदलका सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथै अर्थमन्त्री युवराज खतिवडालाई पनि सहभागी गराइएको थियो।
बैठकमा बजेटमा समावेश भएका एमसीसी अन्तरगतका आयोजना उक्त सम्झौता संसदबाट पारित भएको अवस्थामा मात्रै कार्यान्वयनमा जाने व्यवस्था गरिएको अर्थमन्त्री खतिवडाले स्पष्ट पारेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“संसदले एमसीसी सम्झौता अनुमोदन गर्यो भने बजेट र नीति तथा कार्यक्रममा परेका योजना त्यही अनुसार कार्यान्वयन हुन्छन्, अनुमोदन गरेन भने ती योजना कार्यान्वयन गर्नका लागि नेपाल सरकारले वैकल्पिक स्रोतको व्यवस्था गर्छ,” बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने।
पढ्नुहाेस्: नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी, भीम रावलसहित परराष्ट्र र अर्थमन्त्री पनि सहभागी
अर्थमन्त्री खतिवडाले यही कुरा संसदमा स्पष्ट पार्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले बताए। नेकपाले एमसीसी पास भएपछि मात्रै सञ्चालन गर्नुपर्ने कामहरू अहिलेलाई रोक्ने र पास भएपछि मात्रै शुरू गर्नेसमेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
उनले एमसीसी अन्तरगतका योजना परेको भए पनि संसदले बजेट पास गर्ने तर, ती आयोजनाको कार्यान्वयन भने एमसीसी पास भएपछि मात्रै गर्ने निर्णय भएको बताए।
एमसीसी सम्झौतामा आफ्नो ‘पोजिसन’बारे भने नेकपाले फेरी सचिवालय बैठक बसी निर्णय गर्नेछ। एमसीसी सम्झौताबारे पार्टीको कार्यदलको प्रतिवेदनलाई समेटेर सचिवालयको बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए।
" /> बजेटमा एमसीसीको पैसा : ५५ अर्बमध्ये ५ अर्ब ७२ करोड आउँदो वर्ष परिचालन हुने

">