काठमाडौं। लकडाउनको स्वरूप र विदेशबाट नेपालीहरूको उद्दार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।
आजको बैठकमा उच्चस्तरीय समितिले हिजो गरेका निर्णय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा आज निर्णय हुनसक्ने बताइएको छ।
त्यस्तै आजको बैठकमा विदेशमा अलपत्र रहेका नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याउने विषयमा पनि छलफल हुनेछ।
सरकारले प्राथमिकता र समस्या परेका नेपालीहरूको उद्धार गरिने बताइरहेको छ।
संसदीय समितिका बैठकमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २५ हजार नेपालीहरूको उद्धार गर्ने तयारी भइरहेको बताएका थिए।
११ चैत देखि सरकारले लकडाउन लागू गरेको हो। पछिल्लोपटक थपिएको लकडाउनको समय २० जेठमा सकिदैछ।
" /> काठमाडौं। लकडाउनको स्वरूप र विदेशबाट नेपालीहरूको उद्दार लगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले बताए।

">