काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आरडीटी किट विधि न्यूनिकरण गरेर पीसीआर विधिको परीक्षणलाई व्यापक बनाउन निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकले कोभिड-१९ को परीक्षणका लागि आरडीटी किट प्रभावकारी नदेखिएको भन्दै पीसीआरलाई व्यापक बनाउन निर्देशन दिएको समिति सदस्य डा.दीपकप्रकाश भट्टले बताए।
त्यस्तै,नेपाल-भारत सीमाका सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई अझै व्यवस्थित गर्न र पीसीआर परीक्षणको संख्या बढाउनका लागि तत्काल आर्थिक प्याकेज घोषणा गर्न पनि निर्देशन दिएको छ।
समितिको वार्षिक प्रतिवेदन, २०७७ को मस्यौदा र सीमा क्षेत्रमा अलपत्र परेका नागरिकका सम्बन्धमा छलफल गर्न बैठक बसेको थियो।
" /> काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आरडीटी किट विधि न्यूनिकरण गरेर पीसीआर विधिको परीक्षणलाई व्यापक बनाउन निर्देशन दिएको छ।समितिको आज बसेको बैठकले कोभिड-१९ को परीक्षणका लागि आरडीटी किट प्रभावकारी नदेखिएको भन्दै पीसीआरलाई व्यापक बनाउन निर्देशन दिएको समिति सदस्य डा.दीपकप्रकाश भट्टले बताए।

">