प्रधानमन्त्री ओली अजरबैजानको बाकुमा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रको १८औँ शिखर सम्मेलनमा सहभागि हुन गएराति अजरबेजानको राजधानी बाकु पुगिसकेका छन्।

आज र भोलि हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्।

बाकुस्थित हेयदार अलियेभ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलका सदस्यहरुलाई अजरबैजानका उपप्रधानमन्त्री अली अहमादोभ, उपविदेशमन्त्री नादीर हुसेनोभ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईलगायतले स्वागत गरे।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’  विषयमा सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओलीले बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्