पूर्वाधार विकास कर हटेपछि घट्याे हवाई इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ।

सरकारले बजेटमार्फत् हवाई इन्धनमा लगाउँदै आएको पूर्वाधार विकास कर हटाएपछि निगमले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको हो।

१५ जेठमा बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले हवाई इन्धनमा लाग्दै आएको १० रूपैयाँ पूर्वाधार विकास कर हटाएको घोषणा गरेका थिए।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ अमेरिकी डलरले मूल्य घटाएको छ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले १५ जेठ रातिदेखि नै लागू हुने गरी हवाई उडानको मूल्य घटाएको देखापढीलाई बताए।

१० रूपैयाँले घटेपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ६५ रूपैयाँ कायम भएको छ।

यस्तै, ८२ डलरले घटेपछि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर कायम भएको छ।

यसअघि, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७५ रूपैयाँ थियो भने अन्तर्राष्ट्रिय इन्धनको मूल्य प्रतिकिलाेलिटर ९५० अमेरिकी डलर थियो।

प्रतिक्रिया दिनुहोस्