काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको नेपालको पूर्ण नक्शालाई संविधानमा समेट्ने गरी गर्न खोजिएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
आज अबेर राति सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस केन्द्रिय सदस्य गगन थापाले भने, "बैठक सकियो।परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने निर्णय भयो।"
सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। सोही नक्सावमोजिमको भूभाग समेटिने गरी संविधानको अनुसूची बदल्न यससम्बन्धी संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेको छ।
भोलि, १८ जेठमा संशोधन प्रस्ताव संसद बैठकमा प्रस्तुत हुने कार्यसूची छ।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले ल्याएको नेपालको पूर्ण नक्शालाई संविधानमा समेट्ने गरी गर्न खोजिएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।आज अबेर राति सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

">