रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने

काठमाडाैं। रौतहटमा १२ वर्षअघिको सामूहिक हत्याकाण्डका प्रमुख आरोपीका रूपमा पक्राउ परेका पूर्वमन्त्री मो. अफताव आलमलाई थप आठ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

दोस्रो पटक थपिएको म्याद सकिएपछि प्रहरीले आज बिहानै आलमलाई अदालतमा उपस्थित गराएको थियो ।

रौतहट जिल्ला अदालतले थप आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको रौतहटका प्रहरी प्रमुख, एसपी भूपेन्द्र खत्रीले देखापढीलाई बताए।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलमलाई २६ असोजमा प्रहरीले पक्राउ गरेको थियो।

नेपाली कांग्रेसको जिल्ला कार्यसमितिले आज गौरमा आलमलाई रिहाइको माग गर्दै सभा गर्ने तयारी गरेपछि प्रहरीले कार्यालय खुल्नासाथ अदालत पुर्‍याएर म्याद थप गरेको हो।

पढ्नुहाेस्ः

रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)

पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप

पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

प्रतिक्रिया दिनुहोस्