काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८को सरकारको आयव्यय को अनुमान (बजेट)माथि धारणा राख्दै उनले मुलुकको आवश्यकता जेटको गतिमा उड्नुपर्ने भएपनि कछुवाको गतिमा बजेट आएको टिप्पणी गरेका हुन्।
उनले परम्परागत ढंगबाट बजेट आएको टिप्पणी गरे। भट्टराईले बजेटले सामान्य विषयलाई सम्बोधन गरेको भएपनि वर्तमान संकटको समाधान गर्न नसकेको धारणा राखे। बजेट प्रस्तुत गर्दै गर्दा समस्या र आवश्यकताको बारेमा सरकार नै स्पष्ट नभएको भन्दै शब्दजालमा नपरिकन मुलुकको अर्थतन्त्रको स्वरूपका बारेमा सरकारको विचारमा नै प्रष्टता आउनुपर्ने उनको तर्क छ।
भट्टराईले सैद्धान्तिक रूपमा कोरोना संक्रमणका कारण जनस्वास्थ्यमा राम्रा कार्यक्रम, योजना बनेको भएपनि त्यसअनुरूप बजेट विनियोजन हुन नसकेको तर्क गरे।
सामाजिक दायित्य र राज्यको दायित्वको विषय भएकाले स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने भएकाले व्यापारको निम्ति स्वास्थ्य जस्तो क्षेत्र छोड्न नहुने उनको भनाइ छ।
कोरोना महामारीका कारण ध्वंश भएको अर्थतन्त्र उकास्नका लागि तात्कालीन र दीर्घकालीन योजनासहितको बजेट विनियोजन गरिनुपर्ने बताए।
उनले विदेशबाट ठूलो संख्यामा फर्कने नेपाली र स्वदेशमा उत्पन्न वेरोजगारीलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने गरि विस्तृत योजना ल्याउन सुझाव दिए।
हालै एशियाली विकास बैंकले एशियामा नै बढी क्षती नेपालमा हुने र नेपालको अर्थतन्त्र १३ दशमलव ६ प्रतिशत खुम्चिने प्रक्षेपण गरेको, साढे ३७ खर्बको जीडीपीमा करीब ४ खर्बको संकुचन हुने अनुमान गरिएको र विश्व बैकले १ दशमलव ७ प्रतिशत मात्रै वृद्धि हुने बताइरहेका बेला अर्थमन्त्रीले २ दशमलव ३ प्रतिशतको वृद्धिको प्रक्षेपण गरेको भन्दै उनले सरकारले अनुमान गरे भन्दा निकै भयाभवहको अवस्था श्रृजना हुने दाबी गरे।
“साधारण खर्च गत वर्ष ६२ थियो। अहिले बढेर ६४ दशमलब ४ भएको छ। विकास खर्च गत वर्ष २६ बाट अहिले २३ प्रतिशत भएको छ”, भट्टराईले भने, “ऋण भुक्तानी गतवर्ष करीब ११ प्रतिशत थियो अहिले १२ प्रतिशत छ। हामी जहाँको त्यहीँ छौँ। हामी दौडिरहे जस्तो लाग्छ। चक्रपथ जति दौडिए पनि त्यही घुमिरहेका छौँ।”
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ।प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८को सरकारको आयव्यय को अनुमान (बजेट)माथि धारणा राख्दै उनले मुलुकको आवश्यकता जेटको गतिमा उड्नुपर्ने भएपनि कछुवाको गतिमा बजेट आएको टिप्पणी गरेका हुन्।

">