रौतहट हत्याकाण्ड हुँदा त्यहाँ कार्यरत प्रहरी निरीक्षकहरूलाई सोधपुछका लागि बोलाइयो

राैतहट। रौतहटमा १२ वर्षअघि भएको २२ जनाको सामूहिक हत्याकाण्डका समयमा अनुसन्धानमा खटिएका प्रहरी निरीक्षकहरूलाई अनुसन्धानका लागि थप सोधपुछ गर्न रौतहट बोलाइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धानका क्रममा त्यसबेला कार्यरत प्रहरी अधिकृतहरूसँग पनि सोधपुछ गर्नुपर्ने आग्रह गरेपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई रौतहट जान निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार घटना भएलगत्तै अनुसन्धानमा खटिएका प्रहरी निरीक्षकद्वय इन्द्र सुवेदी र राजीव बस्नेतलाई रौतहट जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको छ । रौतहट जिल्ला प्रहरीको आग्रहमा प्रदेश २ प्रहरीले प्रहरी प्रधान कार्यालयसँग उनीहरूलाई पठाइदिन आग्रह गरेको थियो।

प्रहरी स्रोतले २७ चैत २०६४ मा भएको घटनाबारे सोधपुछ गर्न उनीहरूलाई रौतहट पठाइएको जनाएको छ।

बस्नेत र सुवेदी दुवै अहिले प्रहरी नायव उपरीक्षक (डीएसपी) छन्।

प्रहरी प्रधान कार्यालयले रौतहट पुग्न निर्देशन दिए पनि बस्नेत अहिले देशबाहिर छन्।

तत्काल सुवेदी मात्रै रौतहट पुगेर त्यसबेलाको घटना अनुसन्धानबारे जानकारी दिने बताइएको छ।

रौतहट हत्याकाण्डका मुख्य आरोपी, पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई रौतहट प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

२६ असोजमा पक्राउ परेका आलमलाई आज तेस्रोपटक थप ८ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

हत्याकाण्ड भएकै राति सुवेदी घटनास्थल पुगेका थिए। तर, उनलाई रातारात त्यहाँबाट सरुवा गरिएको थियो । त्यसबेला उनको स्थानमा राजीव वस्नेतलाई पठाइएको थियो।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न बम बनाउन लागेको ठाउँमा विष्फोट हुँदा घाइते भएका दुईजना नेपाली र २० जना भारतीय नागरिकलाई भट्टीमा हालेर जलाएर मारेको आरोप आलममाथि छ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलम २६ असोजमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, एसपी भुपेन्द्र खत्रीले आलममाथिको अनुसन्धान जारी रहेको बताए।

पढ्नुहाेस्ः

रौतहट हत्याकाण्डका आरोपी आलमलाई थप ८ दिन थुनामा राखिने

रौतहट हत्याकाण्डका आरोपी आलमले के भने चार घण्टा लामो बयानमा ? (सवाल-जवाफसहित)

पूर्वमन्त्री आलमलाई म्याद थपका लागि अदालत पुर्‍याइयो

पूर्वमन्त्री आलमलाई थुनामा राख्‍न ५ दिन म्याद थप

पूर्वमन्त्री आलमलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

संसदले जारी गर्‍यो कांग्रेस सांसद आलम निलम्बनको सूचना

सामूहिक हत्या आरोपको १२ वर्षपछि पक्राउ परे कांग्रेस सांसद आलम

प्रतिक्रिया दिनुहोस्