काठमाडौं। सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिनेबारे बजेटमै व्यवस्था गरेको छ।
१५ जेठमा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत् महामारी नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो।
संक्रमण नियन्त्रण तथा रोकथाम, उपचार र लकडाउनलाई प्रभावकारी बनाउन खटिएका चिकित्सक, स्वास्थ्य प्राविधिक, नर्स र सुरक्षाकर्मीले प्रोत्साहन भत्ता पाउने छन्।
बजेटअघि ९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई जोखिम अवधिभरका लागि प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् यसलाई थप प्रष्ट्याएका थिए। सरकारको यो निर्णय अनुसार अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीले तलबको शतप्रतिशत र दोस्रोपंक्तिमा खटिने स्वास्थ्यकर्मीले ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउने छन्।
कोभिड-१९ का संक्रमित, आशंकित र आइसोलेसनमा राखिएकाहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर नमूना संकलन र उपचार गर्नेलाई अग्रपंक्तिको सूचीमा राखिएको छ। त्यस्तै, अग्रपंक्तिका कर्मचारीलाई सहयोग गर्न प्रयोगशालामा खटिनेलाई सरकारले दोस्रो पंक्तिका स्वास्थ्यकर्मीको वरियतामा राखेको छ।
ती दुवै प्रकारका स्वास्थ्यकर्मीलाई सहयोग गर्ने कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय सरकारको छ। त्यसैगरी संक्रमण रोकथाम तथा जनचेतना फैलाउन मुलुकभर खटिने स्वास्थ्य स्वयंसेविकाले मासिक एक हजार ५०० रूपैयाँ भत्ता पाउनेछन्।
सरकारले गरेको निर्णय र १५ जेठको बजेट भाषणमार्फत् लकडाउनलाई प्रभावकारी बनाउन खट्ने सुरक्षाकर्मीलाई समेत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ।
पहिलो, दोस्रो र तेस्रो पंक्तिमा खटिएका तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मी तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले समेत प्रोत्साहन भत्ता पाउने छन्।
उनीहरूले जोखिम अनुसार तलबको शतप्रतिशत, ५० प्रतिशत र दैनिक ३०० रूपैयाँ प्रोत्साहन भत्ता पाउनेछन्।
सरकारले आगामी आर्थिक वर्षदेखि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पाँच लाख रूपैयाँको बीमा समेत गरिदिने भएको छ। कोभिड-१९ लगायत अन्य संक्रामक रोगविरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सरकारले नै बीमा गरिदिने भएको हो।
मन्त्रिपरिषद्ले गरेको निर्णय असार मसान्तसम्म लागू हुने र बजेटमा त्यही निर्णयलाई निरन्तरता दिइएकाले साउनदेखि कोरोना महामारी अन्त्य नभएसम्मका लागि लागू हुने अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए।
यसबाहेक, अन्य सरकारी कर्मचारीले पाउँदै आएको तलब बाहेकको सबै भत्ता १ साउन २०७७ देखि लागू हुनेगरी खारेज भएको छ।
कति पाउँछन् भत्ता ?
कोरोना भाइरस संक्रमितसँग, शंकास्पद वा आइसोलेसनमा बसेका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबको शतप्रतिशत प्रोत्साहन भत्ता पाउँछन्। स्वास्थ्यतर्फका अधिकृत एघारौं तहका चिकित्सकदेखि सहायक प्रथम तहसम्मका चिकित्सकले संक्रमित, सम्भावित संक्रमित र आइसोलेसनमा भएका बिरामी भेट्छन्।
संक्रमित, शंकास्पद वा आइसोलेसनमा भएकाको उपचारमा प्रत्यक्ष संलग्न चिकित्सकले शतप्रतिशत भत्ता पाउँछन्। जसअनुसार, मासिक ५५ हजार ६६१ रूपैयाँ तलब बुझ्ने अधिकृत एघारौं चिकित्सकले संक्रमितको उपचारमा खटिएको अवस्थामा शतप्रतिशत अर्थात् त्यति नै प्रोत्साहन भत्ता पाउँछन्। त्यस अनुसार उनको मासिक आम्दानी १ लाख ११ हजार ३३२ रूपैयाँ हुन आउँछ।
त्यस्तै, संक्रमितको उपचारमा प्रत्यक्ष रूपमा संलग्न सहायक प्रथम तहको चिकित्सकले भत्तासहित मासिक ५१ हजार ९४० रूपैयाँ पारिश्रमिक पाउँछन्। २५ हजार ९७० रूपैयाँ मासिक आम्दानी हुने उक्त पदका चिकित्सकले शतप्रतिशत प्रोत्साहन भत्ता पाउँदा त्यति आम्दानी गर्ने भएका हुन्।
त्यसैगरी, अन्य चिकित्सकहरूले पनि आफ्नो मासिक तलब अनुसारको शतप्रतिशत भत्ता पाउँछन्।
प्रयोगशालामा खट्ने स्वास्थ्य प्राविधिकहरूले आफूले पाउँदै आएको ७५ प्रतिशत रकम प्रोत्साहन भत्ता पाउँछन् भने चिकित्सक र प्राविधिकलाई सहयोग गर्ने कर्मचारीले तलबको ५० प्रतिशत भत्ता पाउने छन्। यसैगरी, सरकारले चिकित्सक, प्राविधिक र स्वास्थ्य कर्मचारीको पाँच लाख रूपैयाँसम्मको बीमा गरिदिन्छ।
तर, चिकित्सक, प्राविधिक र कर्मचारी महामारीविरुद्ध खटिएको/नखटिएको वा कुन पंक्तिमा खटिएको भन्नेबारे उनीहरू कार्यरत सम्बन्धित अस्पतालले सिफारिस गर्नुपर्ने हुन्छ।
यस्तै, लकडाउन प्रभावकारी बनाउन प्रत्यक्ष फिल्डमा खटिने प्रहरी जवानले समेत प्रोत्साहन भत्ता पाउनेछन्। मासिक २६ हजार १९२ रूपैयाँ पारिश्रमिक भएका प्रहरी जवानले शतप्रतिशत भत्ता पाएको अवस्थामा उनको मासिक आम्दानी ५२ हजार ३८४ रूपैयाँ हुन्छ। त्यस्तै ७५ प्रतिशत भत्ता पाएमा उनको मासिक आम्दानी ४५ हजार ८३६ रूपैयाँ हुन्छ भने ५० प्रतिशत भत्ता पाएमा ३९ हजार २८८ रूपैयाँ आम्दानी गर्छन्।
जवानले दैनिक ३०० रूपैयाँका दरले भत्ता पाएमा तलबको अतिरिक्त मासिक ९ हजार रूपैयाँ प्रोत्साहन भत्ता हात पार्छन्। यसैगरी, मासिक ५३ हजार ६९६ रूपैयाँ तलब लिने तराईका जिल्ला प्रहरी प्रमुखले शतप्रतिशत भत्ता पाएको अवस्थामा मासिक १ लाख ७ हजार ३९२ रूपैयाँ हात पार्छन्।
त्यसैगरी, उनले ७५ प्रतिशत भत्ता पाएको अवस्थामा ९३ हजार ९६८ र ५० प्रतिशत भत्ता पाए कूल ८० हजार ५४४ रूपैयाँ कमाउँछन्। त्यस्तै, दैनिक ३०० रूपैयाँका दरले भत्ता पाएमा मासिक अतिरिक्त ९ हजार रूपैयाँ पाउँछन्।
पहाडी जिल्लामा खट्ने प्रहरी नायब उपरीक्षकले पनि आफ्नो तलबको आधारमा भत्ता पाउँछन्। लकडाउन प्रभावकारी बनाउन खट्ने नेपाली सेना, शसस्त्र प्रहरीका कर्मचारीले समेत आफ्नो तलबको आधारमा प्रोत्साहन भत्ता पाउँछन्। तर, त्यसरी प्रोत्साहन भत्ता पाउन सम्बन्धित सुरक्षाकर्मी कार्यरत कार्यालयबाट फिल्डमा कुन अवस्थामा खटिएको भन्नेबारे सिफारिस हुनुपर्छ।
कसले कति पाउँछन्?
-संक्रमण पुष्टि भएका, शंका लागेका र आइसोलेसनमा रहेका बिरामीहरूको उपचारमा प्रत्यक्ष संलग्न चिकित्सक र जनशक्तिले तलबको शतप्रतिशत
-संक्रमणको पुष्टि भएका तथा शंकास्पद बिरामीको नमूना संकलन गर्ने जनशक्तिले तलबको शतप्रतिशत
-कोभिड-१९ महामारी शुरू भइसकेपछि स्थापना भएका त्रिभुवन अन्तर्राष्ष्ट्रिय विमानस्थल तथा भारत र चीनका नाकाहरूमा स्थापना गरिएका हेल्थ डेस्कमा खटिएका जनशक्ति र चिकित्सकले तलबको शतप्रतिशत
-परीक्षणका लागि संकलन गरिएको नमूना प्याकिङ्ग तथा ओसारपसार, आइसोलेसनमा राखिएका र संक्रमण पुष्टि भई उपचाररत बिरामीहरूको ओसारपसारमा संलग्न सवारी साधनमा कार्यरत जनशक्तिले तलबको शतप्रतिशत
-संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिमरामीहरूको उपचारमा अप्रत्यक्ष संलग्न (ल्याब र प्रयोगशालामा) र ईमेजिङ सेवा प्रदायक जनशक्तिले ७५ प्रतिशत
-ती सबै कर्मचारीले गर्ने काममा सहयोग गर्ने कार्यमा संलग्न स्वास्थ्यकर्मीलाई ५० प्रतिशत
" /> काठमाडौं। सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिनेबारे बजेटमै व्यवस्था गरेको छ।१५ जेठमा सरकारले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमार्फत् महामारी नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो।

">