काठमाडौं। सरकारले बजेटमा ल्याएको राहत कार्यक्रमको विषयमा वायसेवा सञ्चालकहरूले खुशी व्यक्त गरेका छन्।
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, अनुमति नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेको छ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को आय विवरणमा लाग्ने आयकरमा २० प्रतिशत छुट दिने गरी सरकारले राहतको कार्यक्रम ल्याएको छ। त्यसैगरी, ५ प्रतिशत व्याजदरमा पुर्नकर्जा उपलब्ध गराउने कार्यक्रम ल्याएकोमा वायु सञ्चालकहरू खुशी भएको वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले विज्ञप्ति मार्फत भनेका छन्।
उनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको घोषणाबाट केही हदसम्म लाभान्वित नै हुने देखिएकाले यसका लागि सहर्ष आभार प्रकट गर्न चाहन्छौं।”
तर, आयल निगमले हवाई इन्धनमा अझै पनि इण्डियन आयल निमगले प्रदान गरेको तुलनामा प्रतिलिटर ३३ रूपैयाँ नाफा लिएर ६५ रूपैयाँमा बेच्नु अस्वभाविक र अमान्य भएको उनले बताएका छन्।
हवाई इन्धनमा पूर्वाधार कर छुट भए पनि इन्धनको मूल्य अझै महङगो रहेकाले १० प्रतिशत मात्रै नाफा राखेर बिक्री मुल्य तय हुनुपर्ने उनले बताएका छन्।
" /> काठमाडौं। सरकारले बजेटमा ल्याएको राहत कार्यक्रमको विषयमा वायसेवा सञ्चालकहरूले खुशी व्यक्त गरेका छन्।सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत वायुसेवा कम्पनीले भुक्तानी गर्नुपर्ने पार्किङ शुल्क, अनुमति नविकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेको छ।

">