काठमाडौं। पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।
नेता नेपालले एक विज्ञप्ति जारी गर्दै छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन्।
उनले यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायका पक्षमा पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्न पनि भनेका छन्।
नवराज बिक, सन्दीप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको नेता नेपालले बताएका छन्।
एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु सबैका लागि लज्जाको विषय बनेको उनले उल्लेख गरेका छन्। पूर्वप्रधानमन्त्री नेपालले उत्त घटना कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रूपमा रहेको बताए।
“छुवाछुतलाई कानूनले दण्डनीय अपराधका रूपमा स्पष्ट ठहर गरिसकेको छ। अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछुतले हाम्रो समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत गर्दछ”, नेता नेपालले भनेका छन्, “स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरूको व्यवस्था भइसकेपछि कानून कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टड्कारो रूपमा दर्शाएका छन्।”
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडा कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।नेता नेपालले एक विज्ञप्ति जारी गर्दै छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन्।

">