कामठाडौं। राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामी आर्थक वर्ष २०७७÷७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’को संज्ञा दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरु भिखारी’ प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरे। उनले बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गरे।
“थप निराशातर्फउन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरूको पक्षपोषण गर्नका लागि ल्याइएको बजेट। राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट”, महोतेले भने, “राज्यविहीनहरूलाई अझ सीमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ। यो पनि राज्यको चरित्र अनुसार नै आउने हो। औपनिवेशिक योजनाको निरन्तरता बाहेक केही पनि भन्न सकिँदैन यसलाई।”
कोरोनाका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रूपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रम बजेटमा आउन नसकेको टिप्पणी गरे। उनले मा
न्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाइरहेको आरोप लगाए।
" /> कामठाडौं। राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामी आर्थक वर्ष २०७७÷७८ को बजेटलाई ‘औपनिवेशिक योजनाको निरन्तरता’को संज्ञा दिएका छन्।प्रतिनिधि सभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उनले ‘आफू मालिक र अरु भिखारी’ प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरे। उनले बजेटले आम नेपाली जनतालाई उत्साहित बनाउन नसकेको टिप्पणी गरे।

">