गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम : 'एक पालिका एक उत्पादन' <p>कास्की। गण्डकी प्रदेश सरकारले हिजो, १८ जेठमा प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषितर्फ &lsquo;एक पालिका एक उत्पादन&rsquo; कार्यक्रममा जोड दिएको छ ।</p> <p>प्रदेश प्रमुख अमिक शेरचनले सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा कृषि नीति तथा गुरुयोजना तर्जुमा गरी यान्त्रिकीकरण, आधुनिकीकरण र व्यावसायिकरणका माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य उत्पादनमा आत्मनिर्भर बन्न उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाईं विस्तार गर्ने उल्लेख छ ।</p> <p>नमूना कृषि गाउँ कार्यक्रम प्रभावकारी बनाउने, कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्ने, एक सहकारी एक उत्पादन, खेतीयोग्य जमीनमा वर्षभरि नै सिँचाइ सुविधा, पशु रोग नियन्त्रणका लागि खोप बैंक, प्रदेश र स्थानीय तहको सहकार्यमा खाद्य बैंक स्थापना तथा जमिन चक्लाबन्दी कार्यक्रम सरकारको प्राथमिकतामा परेका छन् ।</p> <p>&#39;एक पालिका एक उत्पादन कार्यक्रम&#39; लाई प्रभावकारी बनाउन प्रदेशका ८५ वटै स्थानीय तहमा एक/एक नमूना कृषि उत्पादनका लागि विभिन्न बाली, पशुपन्छी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गर्ने सरकारको योजना छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्