आईएसएसमा भित्रिए दुई खगोलविद्
खगोलविदद्वय डग हर्लेर बब बेनकेन ग्रिनविच मिन टाइमअनुसार आइतबार अपराह्न दुई बजेर १६ मिनेट (नेपाली समय राति आठ बजेर एक मिनट) मा आईएसएसमा प्रवेश गरेका हुन्।
निजी क्षेत्रको कम्पनी ‘स्पेस-एक्स’ले निर्माण गरेको उनीहरू सवार क्याप्सुल ‘ड्रयागन’ शनिबार अमेरिकाको फ्लोरिडाबाट आईएसएसका लागि प्रक्षेपण गरिएको थियो।
पृथ्वीबाट चार सय २२ किलोमिटर टाढा चीनमाथिको अन्तरिक्षमा उनीहरू सवार क्याप्सुल आईएसएसमा ‘अट्याच’ भएको हो।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘सटल’ले अवकाश पाएयता नौ वर्षपछि अमेरिकाबाट अन्तरिक्षका लागि उड्ने पहिलो अन्तरिक्ष यात्री बनेका छन्, हर्ले र बेनकेन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्