काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रुकुम पश्चिम घटनाको संसदीय समितबाट छानबिन गर्न माग गरेको छ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिनको माग गरेको हो।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन गर्न माग गरे।
उनले भने, ‘‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठनको लागि हामी माग राख्छौं। यदि तत्काल गठन भएन भने यो भन्दा कडा कदम चाल्न हामीलाई बाध्य नपारियोस्।’’
प्रतिनिधि सभा बैठक शुरू हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका हुन्।
गम्भीर घटना भएपनि गृहमन्त्रीले कर्मचारीको अध्यक्षतामा बनाएको छानबिन समितिले न्याय दिन नसक्ने उनको जिकिर थियो।
‘‘यति ठूलो घटना घटिसकेपछि अहिले गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा छानबिन समिति गठन गर्नुभएको छ। त्यो छानबिन समितिले न्याय दिन सक्दैन् । र हामीलाई समितिको मान्यता पनि छैन्। यस हत्याकाण्डलाई फितलो बनाउनका लागि जाजरकोटमा आर्थिक चलखेल भइराखेको रिपोर्ट पनि पाएका छौं’’, सांसद विश्कर्माले भने, ‘‘गृहमन्त्रीले तिनीहरू हामफाले भन्नुभएको छ । पोस्टमार्टमा गर्दा ती मृतकका पेटबाट पानी आएको छैन्। मान्छे हामफालेपछि सबैभन्दा पहिले पानी पिउँछ तर तिनको पोस्टमार्ट गर्दा पानी नआउनुको कारण तिनीहरुलाई मारेर फालिएको थियो। त्यस्तै कसैलाई डोरीले बाधेर खोलामा फालिएको थियो।’’
पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराज विकसहित पाँचजनाको सामुहिक हत्या गरिएको थियो। अझै एकजना बेपत्ता छन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रुकुम पश्चिम घटनाको संसदीय समितबाट छानबिन गर्न माग गरेको छ।रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै कांग्रेसले संसदीय समितिबाट छानबिनको माग गरेको हो।

">