इँटाभट्टा हटाउनुपर्ने भन्दै चन्द्रागिरि नगरपालिकामा धर्ना

काठमाडौं। चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाभित्र रहेको इँटाभट्टा तत्काल हटाउनुपर्ने माग राख्दै आज चन्द्रागिरि नगरपालिका कार्यालयमा स्थानीयले धर्ना दिएका छन्।

स्थानीयले चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीलाई ज्ञापनपत्र बुझाउँदै ५ दिनभित्र त्यहाँका इँटाभट्टा हटाउने निर्णय कार्यान्वयनमा नल्याए नगरपालिकाविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

क्यान्सरजस्ता घातक रोगहरू निम्त्याउने इँटाभट्टा नहटाइए आन्दोलन गरिने इँटाभट्टापीडित संघर्ष समिति संयोजक मुकुन्द घिमिरेले बताए। सो नगरपालिकाले प्रदूषणमुक्त नगर बनाउन गरेको आफ्नै घोषणा कार्यान्वयनमा ल्याउन नचाहेकाले आफूहरु चरणवद्ध आन्दोलनमा जानु परेको उनी बताउँछन्।

कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बानियाँले आफ्नो वडाबाट इँटाभट्टा हटाउन आफू तयार रहेको बताए।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सबै वडासँग छलफल गरेर सो क्षेत्रमा रहेका सबै इँटाभट्टाहरू हटाउने निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्