काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीसँग जुध्न नेपालका लागि स्वीकृत गरेको २५ करोड अमेरिकी डलर (करीब ३० अर्ब) रूपैयाँ बराबरको ऋण सम्झौता भएको छ।
सम्झौतामा नेपालको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना र एडीबीका नेपाल निर्देशक मुख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन्।
अर्थमन्त्रालयमा आयोजित उक्त कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाको पनि उपस्थिति रहेको थियो।
एशियाली विकास बैंकले नेपालको आर्थिक पुनरूत्थानको क्षेत्रमा खर्च गर्नको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।
एडीबीले १३ जेठमा नेपालका लागि उक्त सहुलियतपूर्ण ऋण स्वीकृत गरेको थियो। सोही ऋण उपलब्ध गराउनका लागि अर्थमन्त्रालय र एडीबी बीच सम्झौता भएको हो।
सम्झौतामा हस्ताक्षर गरेपछि अर्थसचिव ढुङ्गानाले एडीबले उपलब्ध गराएको ऋणले नेपालको आर्थिक पुनरूत्थानमा सहयोग पुग्नका साथै सार्वजनिक स्वास्थ्य क्षेत्र सबलिकरण गर्न र थप रोजगारी सिर्जनामा सहयोग पुग्ने बताए।
यसअघि एडीबीका सदस्य रहेका विकासशिल देशहरूलाई कोरोना महामारीसँग जुध्नको लागि २० अर्ब अमेरिकी डलर बराबरको सहायता १३ अप्रिलमा घोषणा गरिएको थियो।
एडीबी अन्तर्गतको कोभिड-१९ पेन्डेमिक रेस्पोन्स अप्सन (सीपीआरओ)को वित्तीय सहयोगमा सञ्चालन हुने कोभिड-१९ एक्टिभ रेस्पोन्स एण्ड एक्स्पेन्डेचर सपोर्ट (सीएआरइएस) कार्यक्रममार्फत् नेपालमा करीब दुई लाख मानिसलाई क्वारेन्टाइनमा राख्न र दैनिक ३ हजार मानिसमा कोरोना परीक्षण गर्न सहयोग हुने एडीबीले यसअघि नै बताएको छ।
एडीबीले युनिसेफसँगको सहकार्यमा नेपाललाई तीन लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराइसकेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सम्बन्धमा उठेका प्रश्नहरूको संसद्मा जवाफ दिँदै छोटो समयमा नै दातृ निकायले ठूलो मात्रामा ऋण उपलब्ध गराएको बताएका थिए।
" /> काठमाडौं। एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीसँग जुध्न नेपालका लागि स्वीकृत गरेको २५ करोड अमेरिकी डलर (करीब ३० अर्ब) रूपैयाँ बराबरको ऋण सम्झौता भएको छ।सम्झौतामा नेपालको तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गाना र एडीबीका नेपाल निर्देशक मुख्तर खामुदखानोभले हस्ताक्षर गरेका छन्।

">