काठमाडौं। नेपाल एअरलाइन्सको तीनवटा जहाज आज एकैपटक हङकङ जाने भएको छ।
नेपालमा रहेका हङकङका नागरिक र त्यहाँको स्थायी बसोबासको अनुमति पाएका नेपालीलाई लिएर नेपाल एअरलाइन्सका जहाज हङकङ जान लागेको हो।
एउटा वाइडबडी र दुईवटा न्यारोबडी जहाजले हङकङको उडान गर्न लागेको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्।
न्यारोबडी दुईवटा जहाजमा करीब ३००ना र वाइडबडी जहाजमा २७१ जना यात्रु हङकङ जान लागेको खड्काले बताइन्।
नेपाल एअरलाइन्सको तीनवटै जहाज आज राती साढे ८ बजेपछि हङकङको लागि प्रस्थान गर्ने उडान तालिका छ।
दुईवटा न्यारोबडी जहाज हार्भेस्ट मुन ट्राभल एण्ड टुर्सले चार्टर्ड गरेको हो भने वाइडबडी जहाज हङकङकै ट्राभल एजेन्सीले चार्टर्ड गरेको खड्काले बताइन्।
२२ जेठमा पनि नेपाल एअरलाइन्सको जहाज हङकङ जाने भएको छ।
जापानमा फेरि दुई उडान
२२ जेठमै नेपाल एअरलाइन्सको वाइडबडी जापानको नारिताका लागि उड्ने तय भएको छ।
काठमाडौंको दरबारमार्गमा रहेको सेरेना ट्राभल प्रालीले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर जापान लैजान लागेको हो।
सोही ट्राभलले २५ जेठमा पनि नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर नेपालीहरूलाई जापानको नारिता लैजान लागेको छ।
यसअघि नेपाल एअरलाइन्सले लकडाउनकै बेला जापानको नारितामा चार वटा उडान गरिसकेको छ।
" /> काठमाडौं। नेपाल एअरलाइन्सको तीनवटा जहाज आज एकैपटक हङकङ जाने भएको छ।नेपालमा रहेका हङकङका नागरिक र त्यहाँको स्थायी बसोबासको अनुमति पाएका नेपालीलाई लिएर नेपाल एअरलाइन्सका जहाज हङकङ जान लागेको हो।

">