काठमाडौं। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन हुन्छ भन्दै प्रश्न गरेका छ्न।
अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि, नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रसंगमा उनले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरे।
“विचार गर्न नै कठिनाइ भयो। एमसीसी आएपनि/नआएपनि प्रशारण लाइन बन्ने भन्नुभएको छ। तर, आएन भने त्यो पैसा कहाँबाट ल्याउने ?”, विनियोजन विधेयकमाथिको सामान्य छलफलमा उनले भने, “संसद्ले नलिने निर्णय गर्यो भने कुनै एउटा योजना काट्नुपर्यो के गर्ने ? पार्टीमा यो बहसलाई राजनीतिक व्यवस्थापन गर्न सक्नु भएन भनेर तपाईंको पार्टीको राजनीतिक लडाइँ संसद्ले व्यवहोरेर बस्नुपर्ने ? यो पैसा कहाँबाट आउँछ थाहा नपाएर हामीले बस्नुपर्ने ?”
एमसीसी पारित नभए यो निर्माणका लागि आन्तरिक वा वैदेशिक ऋणबाट बनाउने की राजस्वबाट बनाउने भन्ने कुराको टुंगो लगाउन उनले आग्रह गरे।
स्रोत व्यवस्थापनको टुंगो नलगाई संसद्को अपमान हुनेगरी विनियोजन विधेयकमाथि छलफल नगर्न रिजालले आग्रह गरे।
" /> काठमाडौं। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन नभए प्रशारण लाइन निर्माणका लागि बजेट कसरी व्यवस्थापन हुन्छ भन्दै प्रश्न गरेका छ्न।अमेरिकी सहयोग परियोजना एमसीसी आएपनि, नआएपनि प्रशारण लाइन निर्माण हुने सरकारले भनिरहेको प्रसंगमा उनले एमसीसी नभए स्रोतको व्यवस्थापन कसरी हुन्छ भन्दै प्रश्न गरे।

">