काठमाडौं। कुमारी बैंक लिमिटेडको विशेष साधारण सभाले देवः विकास बैंक प्राप्ति (एक्वायर) गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
आज सम्पन्न विशेष साधारण सभामा सञ्चालक समितिले देवः विकास बैंक प्राप्ति गर्ने प्रस्ताव पेश गरेको थियो।
बैंक सञ्चालक समितिका अध्यक्ष आमिरप्रताप राणाको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले कुमारी बैंकको प्रति एक कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत गरेको छ।
देवः विकास बैंक प्राप्ति पश्चात कुमारी बैंकको चुक्ता पुँजी करीब १२ अर्ब ५० करोड रूपैयाँ हुनेछ। त्यसैगरी निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा सञ्जाल भने २०९ पुग्नेछन्।
बैंकले लकडाउनकै बीचमा पनि साधारण सभा आयोजना गरेर देवः विकास बैंक प्राप्ति गर्ने साधारण सभाबाट अनुमोदन गराएको हो।
" /> काठमाडौं। कुमारी बैंक लिमिटेडको विशेष साधारण सभाले देवः विकास बैंक प्राप्ति (एक्वायर) गर्ने प्रस्ताव अनुमोदन गरेको छ।आज सम्पन्न विशेष साधारण सभामा सञ्चालक समितिले देवः विकास बैंक प्राप्ति गर्ने प्रस्ताव पेश गरेको थियो।

">