काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएका छन्।
आज अपरान्ह नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरिएकाे हाे।
नेपालको संविधानको धारा ६, धारा ७(१), धारा ११(६), धारा १४, धारा ३८(४), धारा ५६(४,५), धारा ५८, धारा ७०, धारा ८६(२)क, धारा ९१(४), भाग ११, धारा १३७(१), धारा २१५(९), धारा २७४ (४,५,६,७,८), धारा २८२(१), धारा २८३, धारा २८३ क, धारा २८७(६), धारा २८७(क), धारा ३०६(१) ट, अनुसूची ५ र अनुसूची ६ मा भएको व्यवस्थाले पहिचान पक्षधर हक अधिकार सुनिश्चित नगर्ने हुनाले संविधानलाई सर्वस्वीकार्य बनाउने उद्देश्यले संविधान संशोधन गर्ने प्रयोगका लागि संशोधन विधेयक दर्ता गरिएको दुवै पार्टीले जनाएका छन्।
राजपाको तर्फबाट प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य राजेन्द्र श्रेष्ठको संयुक्त हस्ताक्षर छ।
नेता महेन्द्र राय यादवले देखापढीसँग भने, “राज्यको सबै निकायमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, प्रदेशको अधिकार, राजस्व बाँडफाड, नागरिकता, भाषा र सीमांकनको विषयमा फेरि संशोधन विधेयक दर्ता गरायौं ।”
उनले संसदप्रति उत्तरदायित्व हुने र संसदले निर्माण गर्ने गरी लोकपाल विधेयक पनि दर्ता गराएको बताए। आर्थिक र भ्रष्टाचार क्षेत्रलाई निर्मूल पार्ने गरी निष्पक्ष र सर्वाधिकार लोकपाल कानूनको माग गरेको उनले बताए।
उनले भने, “संशोधन प्रस्तावमा लोकपाल कानून नयाँ हो, बाँकी मागहरू पहिलेदेखि नै उठाउँदै आएको हो।”
१६ जेठमा राजपाले संशोधन विधेयक दर्ता गराउन खोजेको थियो। तर, संसद सचिवालयका महासचिव भरतराज गौतमले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै १८ जेठका लागि समय दिएका दिए। उक्त विधेयक आज दर्ता गरिएकाे हाे।
" /> काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गराएका छन्।आज अपरान्ह नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता गरिएकाे हाे।

">