काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनका कारण समस्यामा रहेका वर्ग र क्षेत्रको पुनरूत्थानको लागि उपयुक्त रणनीति अवलम्बन र कार्यान्वयन गर्ने बताएका छन्।
आज मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री भट्टले लकडाउनका कारण समस्यामा परेका सबै वर्गको पुनरूत्थानको काम अघि बढाउने बताएका हुन्।
कार्यक्रममा उनले कोरोना भाइरस संकमणले उत्पन्न विषम परिस्थिति विश्वव्यापीरूपमा भएकाले सबै मिलेर सामना गर्नुपर्ने बताए।
उद्योग मन्त्रालयले आज लकडाउनका कारण उद्योग÷व्यवसाय र वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण बारे छलफल गर्न भर्चूअल बैठक गरेको हो।
मन्त्रालयले निजी क्षेत्रका प्रतिनिधि, सरोकारवाला तथा विज्ञहरूको सहभागितामा भिडिओ कन्फेरेन्समार्फत् बैठक सम्पन्न गरेको हो।
बैठकमा सहभागीहरूले लकडाउनका कारण कामदार तथा कच्चा पदार्थको अभावमा उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको बताए।
उनीहरूले उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसक्दा दैनिक ज्यालादारी गरेर छाक टार्ने न्यून आय भएकालाई समस्या भएकाले लकडाउनलाई खुकुलो बनाउँदै लैजानु पर्नेमा जोड दिए।
यस्तै, सहभागीहरूले लकडाउनको अवधिमा भारतबाट आउने कम बढ्दै गएको तथा तेस्रो मुलुकबाट समेत जनशक्ति फिर्ता हुने क्रममा रहेको छ।
त्यस्ता जनशक्तिको उपयोगका लागि सिप विकास गर्ने तालिम तथा उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न अत्यावश्यक रहेको बताइएको छ।
यसैगरी, संक्रमणको जोखिम थप अनिश्चित बन्दै गइरहेको अवस्थामा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन कृषि वस्तुको उत्पादन र बजारीकरणमा सहज वातावरण बनाउनुपर्ने सहभागीहरूको भनाइ थियो।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्ट, राज्यमन्त्री मोतिलाल दुगड, मन्त्रालयका सचिव तथा सहसचिवहरू समेत सहभागी थिए।
यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. मिनबहादुर श्रेष्ठ र डा. स्वर्णिम वाग्ले, आयोगका पूर्वसदस्य तथा सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेको समेत सहभागिता थियो।
त्यसैगरी, आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्य, पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा, पूर्वसहसचिव जीवराज कोइराला एवं नेपाल निजी क्षेत्रका छाता संगठन र विभिन्न वस्तुगत संगठनका प्रतिनिधि सहभागी थिए।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनका कारण समस्यामा रहेका वर्ग र क्षेत्रको पुनरूत्थानको लागि उपयुक्त रणनीति अवलम्बन र कार्यान्वयन गर्ने बताएका छन्।आज मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै मन्त्री भट्टले लकडाउनका कारण समस्यामा परेका सबै वर्गको पुनरूत्थानको काम अघि बढाउने बताएका हुन्।

">