काठमाडौं। नेपाल र इजरायलबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको छ। १ जुन १९६० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो।
त्यसको एक वर्षभित्रैमा मार्च १९६१ मा इजरायलले काठमाडौंमा आफ्नो राजदूतावास खोले पनि नेपालले भने महावाणिज्य दूतावास स्थापना गर्न नै अर्को ३० वर्ष लगाइदियो।
२०१५ सालको जननिर्वाचित सरकारले कूटनीतिक सम्बन्ध स्थापना गरेकोमा पञ्चायती व्यवस्था सकिएपछि मात्रै सन् १९९३ मा नेपालले इजरायलमा महावाणिज्य दूतावास खोलेको थियो।
इजरायलको सीमावर्ती इजिप्टका लागि नेपालका राजदूतले नै १३ अगस्त २००७ मा नेपालले तेलअभिभमा राजदूतावास स्थापना नगरुन्जेलसम्म इजरायलकोसमेत जिम्मेवारी निर्वाह गरेका थिए।
इरजायलसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर उसलाई निरन्तर मान्यता दिइराख्ने मुलुकको रूपमा नेपाल अत्यन्त थोरै मुलुकमध्ये रहिआएको छ। नेपाल संयुक्त राष्ट्रसंघमा पनि सन् ६० कै दशकदेखि निरन्तर इजरायलको पक्षमा उभिँदै आएको छ।
सन् १९६० मा तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले इजरायलको भ्रमण गरेको थिए। त्यसको तीन वर्षपछि राजा महेन्द्रले पनि इजरायल भ्रमण गरे। सन् १९९३ मा प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइराला इजरायल पुगेका थिए भने लामोसमय पछि चार वर्षपहिले उपप्रधानमन्त्रीको रूपमा कमल थापाले इजरायल भ्रमण गरेका थिए।
इजरायल वैदेशिक रोजगारीका लागि नेपाली खासगरी महिलाहरूको एउटा आकर्षक गन्तव्य रहिआएको छ।
" /> काठमाडौं। नेपाल र इजरायलबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएको छ। १ जुन १९६० मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो।त्यसको एक वर्षभित्रैमा मार्च १९६१ मा इजरायलले काठमाडौंमा आफ्नो राजदूतावास खोले पनि नेपालले भने महावाणिज्य दूतावास स्थापना गर्न नै अर्को ३० वर्ष लगाइदियो।

">