पाेखरा। गण्डकी प्रदेश सभाको आजको बैठकमा सदस्यहरूले कोरोना महामारीको वर्तमान अवस्थामा जनताको स्वास्थ्य रक्षा पहिलो आवश्यकता भएकोमा जोड दिएका छन्।
हिजाे प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा सदस्यहरूले जनताको रक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउँदै त्यसपछि मात्रै कृषि, रोजगार, उद्योग, पर्यटन आदिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।
प्रदेश सभा सदस्य सरिता गुरुङले भारतबाट अझै आउने क्रम बढिरहेका अवस्थामा व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न माग गरिन्।
अर्का सदस्य विनोद केसीले महामारीका कारण नयाँ सोचका साथ बढ्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नीति तथा कार्यक्रम आएको बताए।
सदस्य विन्दुकुमार थापाले चालू वर्षको साढे आठ महीना त्यसै खेर फालिएको बताउँदै रातो किताबमा परेका योजना कार्यान्वयनमा नआउँदा बजेट फ्रिज बनेको बताए।
बैठकमा सदस्यहरू चन्द्रबहादुर बुढा, मधु अधिकारी, महेन्द्रबहादुर थकाली, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदीले कोरोना संक्रमणको विद्यमान अवस्थामा सर्वसाधारणको स्वास्थ्योपचारलाई पहिलो प्राथमिकतामा राख्दै कृषि, रोजगार, पूर्वाधारलगायतका क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याए। रासस
" /> पाेखरा। गण्डकी प्रदेश सभाको आजको बैठकमा सदस्यहरूले कोरोना महामारीको वर्तमान अवस्थामा जनताको स्वास्थ्य रक्षा पहिलो आवश्यकता भएकोमा जोड दिएका छन्।हिजाे प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा सदस्यहरूले जनताको रक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउँदै त्यसपछि मात्रै कृषि, रोजगार, उद्योग, पर्यटन आदिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।

">