काठमाडौं। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्धको ६० वर्ष पुगेको उपलक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका इजरायली समकक्षी बेन्जामिन नेतान्यूबीच टेलिफोन वार्ता भएको छ।
परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएअनुसार दुई नेताबीच ६० वर्षे लामो मित्रता र भविष्यमा सम्बन्ध अझ उचाइमा पुर्याउनेबारे कुराकानी भएको थियो।
दुई प्रधानमन्त्रीले द्विपक्षीय कूटनीतिक सम्बन्ध बढाउने, बहुपक्षीय फोरमहरूमा सहकार्य गर्ने र दुई देशका जनताबीचको सम्बन्ध पनि प्रगाढ बनाउनेबारे छलफल गरेका थिए।
इजरायलले हालैका वर्षहरूमा विकास गरेको उच्चस्तरको प्रविधिको प्रयोगबाट नेपालले स्वास्थ्य र कृषि क्षेत्रमा कसरी लाभ लिनसक्छ भन्नेबारे पनि दुई नेताले छलफल गरेका थिए।
त्यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना इजरायली समकक्षी गबी अश्केनाजीसँग टेलिफोन वार्ता गरेका थिए।
दुई मन्त्रीले भविष्यमा दुई देशकाबीचमा व्यापार, मानव संशाधन र कृषिका क्षेत्रमा हुनसक्ने सम्भावित सहकार्यबारे कुराकानी भएको थियो।
" /> काठमाडौं। नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्धको ६० वर्ष पुगेको उपलक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका इजरायली समकक्षी बेन्जामिन नेतान्यूबीच टेलिफोन वार्ता भएको छ।परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएअनुसार दुई नेताबीच ६० वर्षे लामो मित्रता र भविष्यमा सम्बन्ध अझ उचाइमा पुर्याउनेबारे कुराकानी भएको थियो।

">