भारतमा समुद्री तुफान ‘निसारगा’को त्रास

नयाँदिल्ली। भारतीय मौसम विज्ञान विभागका अनुसार पूर्वी-मध्य अरब सागर र लक्षद्विपनजिक भारतको पश्‍चिम तटमा एक चक्रवाती तुफान आकार लिँदैछ। यस तुफानलाई मौसमविद्हरूले ‘निसारगा’ नाम दिएका छन्।

१ जुनसम्ममा यो चक्रवात पणजी (गोवा)बाट करिब तीन सय ३६ किलोमिटर, दक्षिण-पश्‍चिममा मुम्बईबाट ६ सय ७० किमि, गुजरातको सुरतबाट करिब नौ सय किमि टाढा स्थित छ।

भोलि साँझ उक्त तुफानले महाराष्‍ट्रको रायगढ र गुजरातको दक्षिणी तट पार गर्ने अनुमान छ।

पश्‍चिमबंगालमा विनासलीला मच्चाएको तुफान ‘अम्फान’को तुलनामा ‘निसारगा’को तीव्रता कम हुने मौममविद्हरूको आशा छ।

भोलि कोंकण र गोवामा यसले भारी वर्षा गराउनेछ। महाराष्‍ट्रका केही भागमा पनि भोलि र पर्सी भारी वर्षा हुने मौसमविद्हरूले जनाएका छन्।

आज बिहानदेखि पूर्व-मध्य अरब सागर तथा कर्नाटका र महाराष्‍ट्रको तटीय इलाकामा ७० देखि ८५ किमी प्रतिघण्टाको गतिमा हावाको वेग ठोक्किने अनुमान छ। भोलिसम्ममा हावाको वेग एक सय १० किमी प्रतिघण्टासम्म हुने मौसमविद् बताउँछन्।

प्रतिक्रिया दिनुहोस्