तनहुँ। तनहुँको भानु नगरपालिका-२ फुस्रेटारस्थित मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ।
उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेपछि काम शुरू गरिएको निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिए। गत वर्ष नगरपालिकाकै १० लाख लागतमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो।
विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गरिनेछ।
उद्यान निर्माणका लागि १२ करोड खर्च लाग्ने अनुमान गरिएको छ। उद्यानमा शहीदका स्मारकबाहेक, दृश्यावलोकन स्तम्भ, बालउद्यान, मनोरञ्जन उद्यान, ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाहरुको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ।
सबै पार्टीहरुको साझा थलोका रूपमा र सबै आन्दोलनका शहीदको सम्मान हुने गरी उद्यान निर्माण गर्न लागिएको उद्यान निर्माण समितिका सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य ओमकुमारी पौडेलले बताइन्। रासस
" /> तनहुँ। तनहुँको भानु नगरपालिका-२ फुस्रेटारस्थित मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ।उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट विनियोजन गरेपछि काम शुरू गरिएको निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिए। गत वर्ष नगरपालिकाकै १० लाख लागतमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो।

">