कास्की-२ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १४ मंसीरमा कास्की–२ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

नेकपा कास्कीको आज बसेको जिल्ला कमिटी बैठकले सर्वसम्मत रुपमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले सर्वसम्मत रुपमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको र यही निर्णय पार्टीको प्रदेश कमिटीमा पठाइने देखापढीलाई बताए।

भट्टराई दिवंगत रबीन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की–२ बाट निर्वाचित भएका थिए।

अधिकारी पर्यटनमन्त्री रहेकै बेला गत फागुनमा पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका थिए।

कास्की-२ बाट उपनिर्वाचनको उम्मेदवारका आकांक्षी धेरै थिए।

नेकपाका सचिवालय सदस्य वामदेव गौतमको नाम सबभन्दा धेरै चर्चामा थियो। त्यसैगरी सोमनाथ अधिकारी (प्यासी), धनराज आचार्य, श्रीनाथ बराल, भीम कार्की, रश्मी आचार्य, राजकाजी गुरुङलगायतले उम्मेदवार बन्‍ने आकांक्षा देखाएका थिए।

प्रतिक्रिया दिनुहोस्