प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने चन्द समूहका कार्यकर्ता पक्राउ

काठमाडौं। महानगरीय प्रहरी परिसर ललितपुरले प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने चारजना नेत्रविक्रम चन्द समूहका कार्यकर्तालाई पक्राउ गरेको छ।

७ कात्तिक साँझ प्रधानमन्त्रीको पुत्ला जलाउने तयारीमा रहेको अवस्थामा ललितपुुरको लुभुबाट उनीहरुलाई पक्राउ गरिएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

“हामीले हिजो नै पक्राउ गरेका थियौं,” उनले देखापढीसँग भने, “आज अदालतबाट ७ दिन म्याद थप गरेपछि सार्वजनिक गरेका हौं।”

उनका अनुसार पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा, ललितपुर महानगरपालिका–२८ बस्ने जीतबहादुर खपांगी, धापाखेल बस्ने विजेशप्रसाद ढकाल र काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा छन्।

चारैजनाविरुद्ध सार्वजनिक शान्तिमा खलल पु¥याएको कसूरमा अनुसन्धान शुरु गरिएको डीएसपी तामाङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्