७० दिनदेखि व्यवसाय बन्द छन्, कसरी कर तिर्नुः व्यवसायी

काठमाडौं । आन्तरिक राजश्‍व विभागले २५ जेठसम्म करदातालाई सम्पूर्ण कर तिर्न निर्देशन दिएपछि उद्योगी-व्यवसायीहरूले तिर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

उद्योगी पशुपति मुरारकाले लकडाउन अवधिमा पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले समयमै कर तिरे पनि बन्द रहेकालाई समस्या हुने बताए।

उनले ट्विट गर्दै भनेका छन्, “बन्द रहेका उद्योग व्यवसायका लागि समय थप नगरिए उनीहरू थप समस्यामा पर्ने छन्।”

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्‍ठ उपाध्यक्ष शेखर गोल्छाले ट्विट गर्दै लकडाउनका कारण ७० दिनदेखि व्यवसाय बन्द रहेकाले कर तिर्न नसक्ने बताएका छन्।

“बन्द रहेका उद्योग व्यवसायलाई राहत दिन नसके पनि आहत नदिइयोस्। लकडाउन खुकुलो बनाएर कारोबार सुरु भएपछि कर उठिहाल्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्