काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्षेत्रपाटीमा रहेको केके मार्टलाई तीन लाख रूपैयाँ जरिवाना गरेको छ।
अनुगमनका क्रममा मार्टले नेपाली वाइन तोकिएको अधिकतम बिक्री मुल्यभन्दा बढी मूल्यमा बेचेको पाइएपछि कारवाही गरिएको हो।
त्यस्तै बील बिजक जारी नगरेको पाइएपछि धन्यन्तरी ट्रेडर्सलाई दुई लाख रूपैयाँ जरिवाना गराइएको छ।
उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाही गरिएको विभागले ट्वीटमार्फत जानकारी गराएको छ।
मार्टलाई विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम कारवाही गरिएको हो।
" /> काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले क्षेत्रपाटीमा रहेको केके मार्टलाई तीन लाख रूपैयाँ जरिवाना गरेको छ।अनुगमनका क्रममा मार्टले नेपाली वाइन तोकिएको अधिकतम बिक्री मुल्यभन्दा बढी मूल्यमा बेचेको पाइएपछि कारवाही गरिएको हो।

">