काठमाडौं। नेपाल प्रहरीका १२ औं महानिरीक्षक हेमबहादुर सिंहको ८३ वर्षको उमेरमा ७ असोज राति निधन भएको छ।
मुटु र बाथ सम्बन्धी रोगबाट पीडित सिंहको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो।
सिंहको निधनसँगै नेपाल प्रहरीमा एउटा युग बसाउने आईजीपीको निधन भएको चर्चा शुरू भएको छ।
सिंहभन्दा पहिल्यै प्रहरी नेतृत्वमा रहिसकेका पूर्वआईजीपी खड्गजीत बरालले उनलाई श्रद्धाञ्जली दिएर फेसबुकमा लेखे– “धैर्यताका प्रतिमूर्ति उहाँ सधैँ राष्ट्र, समाज र प्रहरी विभावको हितका लागि अग्रसर भई काम गर्नुहुन्थ्यो। २०३० को दशकमा उहाँ प्रहरी तालिम केन्द्रको समादेशक (कमान्डेन्ट) छँदा सदैव उच्च कर्तव्य सम्पादन क्षमता र व्यावसायिक निष्ठा दर्शाउनुभएको सम्झिरहनेछु।”
प्रहरीको रूप बदल्ने प्रमुख
१ असार २०४३ मा प्रहरी महानिरीक्षक बनेका सिंह त्यसपछि करीब चार वर्ष नेपाल प्रहरीको नेतृत्वमा रहे। उनी आईजीपी बन्दा देशमा पञ्चायत थियो।
त्यहीबीचमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था बहालीका लागि आन्दोलन भयो।
२०४६ सालको आन्दोलन सफल भएर प्रजातन्त्र बहाली भयो। सिंहले प्रजातन्त्र बहालीपछि पनि प्रहरीको नेतृत्व गरे।
लामो समय र दुईखाले राजनीतिक व्यवस्था प्रहरी नेतृत्व सम्हालेकै कारण मात्र सिंह पूर्वआईजीपीहरूको पंक्तिमा सम्झनलायक नाम बनेका हुन् त?
१ फागुन १९९४ मा बझाङको पिपलकोट बुङ्गलमा जन्मेका सिंहलाई सम्झाउने उनका थुप्रै काम छन्। जस्तो कि, नेपाल प्रहरीमा कम्प्यूटर प्रणालीको शुभारम्भ, कम्प्यूटर शाखा स्थापना र त्यसका लागि दरबन्दी निकासाको काम उनकै कार्यकालमा भयो।
“उहाँ नेपाल प्रहरीको इतिहासमा एक सफल आईजीपी रहनुभो”, प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले भने, “प्रहरीमा कार्य विभाजनको आधारमा नयाँ प्रशासनिक प्रणाली शुभारम्भ गर्ने र १० वर्षे प्रहरी योजना स्वीकृत गरेर प्रहरी प्रशिक्षण व्यवस्थामा सुधार तथा परिमार्जनको कामसमेत उहाँले नै थालनी गर्नुभयो।”
प्रहरी प्रधान कार्यालयबाट प्राप्त विवरण अनुसार नुवाकोटको ककनीमा सशस्त्र प्रहरी तालिम केन्द्रको स्थापना गर्ने तत्कालीन आईजीपी सिंह नै थिए। त्यहीबेला उनले वीरेन्द्र प्रहरी अस्पतालमा चेस्ट वार्डको विस्तार गरे।
प्रहरी पत्रिकाको द्वैमासिकरूपमा प्रकाशन शुरु गरे। कार्यसम्पादनका आधारमा प्रहरी कर्मचारीलाई विशेष पुरस्कार र प्रोत्साहन दिन शुरू गरे।
नेपाल टेलिभिजनबाट प्रहरी अनुरोध कार्यक्रम शुरूआत गराए। प्रहरीको प्रहरी झण्डा परिवर्तन गराए।
इन्टरपोलको दशौं एशियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गर्न भूमिका खेले।
तर, उनको कार्यकालमा भएको महत्त्वपूर्ण काम चाहिँ प्रहरीको पोशाकसम्बन्धी नै थियो। सिंहकै पालामा नेपाल प्रहरीको पोशाक नीलो रंगमा परिवर्तन गरियो।
पूर्व प्रहरी अधिकृतहरू सिंहलाई इमान्दार र सक्षम नेतृत्व हाक्न सक्ने कमाण्डरका रूपमा सम्झन्छन्। सिंह आईजीपी रहेकै बेला प्रहरी निरीक्षकबाट सेवा आरम्भ गरेका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “उहाँकै नेतृत्वमा प्रहरी भित्र धेरै राम्रा कामको अभ्यास भएको हो। निकै फेरबदलको काम पनि भयो। त्यहीबेला देशैभर प्रहरीका युनिट विस्तारदेखि दरबन्दी निर्धारण गर्ने कामसमेत भयो।”
उनी प्रहरीमा हुने विभिन्न जिम्मेवारी बहन र बढुवा हुनुअघि आवश्यक पर्ने तथा सिक्नुपर्ने तालिम सिकाउने क्रम पनि त्यहीबेला शुरू भएको बताउँछन्।
“काठमाडौंमा कार्यरत प्रत्येक प्रहरी अधिकृत शनिबारको दिन पनि पुलिस क्लबमा हाजिर लगाउन पुग्नुपर्थ्यो”, उनले भने, “त्यो एकखाले राम्रो अभ्यासको थालनी थियो। बढुवाअघिका अभ्यास र तालिमले प्रहरीलाई सबल र सक्षम बनाउन मद्दत गर्थे।” उनी निवासदेखि पुलिस क्लबसम्म साइकल चढेरै आउने गरेकाे पूर्वडीआईजी ठकुरी सम्झिन्छन्।
नेपाल प्रहरीका पूर्व एआईजी माधवप्रसाद नेपाल त सिंहलाई प्रहरीको ‘गडफादर’ भन्न रुचाउँछन्।
सिंह आईजीपी रहेकै बेला २०४५ सालमा प्रहरी निरीक्षकबाट सेवा आरम्भ गरेका उनी भन्छन्, “उहाँ नेपाल प्रहरीकै गडफादर हुनुहुन्थ्यो, उहाँको नेतृत्वमा धेरै राम्रा काम भए। त्यसको अनुसरण गर्न सक्दा मात्र पनि प्रहरी संगठन बेग्लै उचाइमा पुग्छ।”
सिंहलाई नेपाल प्रहरीले आफ्नो ५७ औं वार्षिकोत्सवमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको थियो।
पढ्नुहाेस्ः
पूर्वआईजीपी हेमबहादुर सिंहको निधन
" /> काठमाडौं। नेपाल प्रहरीका १२ औं महानिरीक्षक हेमबहादुर सिंहको ८३ वर्षको उमेरमा ७ असोज राति निधन भएको छ।मुटु र बाथ सम्बन्धी रोगबाट पीडित सिंहको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो।

">