काठमाडाैं। नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाख रूपैयाँसम्मको पुनर्कर्जा दिन सकिने प्रावधानसहितको पुनर्कर्जा कार्यविधि, २०७७ ल्याएको छ।
कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो।
बैंकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा लिन सकिने गरी प्रबन्ध गरेको छ। लघु, घरेलु तथा साना उद्यमका लागि केन्द्रीय बैंकले दुई प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई ऋण उपलब्ध गराउने छ।
बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशत ब्याज लिएर त्यस्तो कर्जा प्रवाह गर्न सक्नेछन्। यस्तै विशेष पुनर्कर्जामा राष्ट्र बैंकले एक प्रतिशतमा रकम दिनेछ।
सो रकममा बैंक तथा वित्तीय संस्थाले तीन प्रतिशत ब्याज लिन सक्नेछन्। साधारण पुनर्कर्जामा राष्ट्र बैंकले तीन प्रतिशत ब्याजदरमा रकम दिनेछ। त्यस्तो रकम बैंक तथा वित्तीय संस्थाले पाँच प्रतिशतसम्म ब्याज लिएर लगानी गर्न पाउनेछन्।
पुनर्कर्जा कोषको सीमा सञ्चालक समितिले समय निर्धारण गरेबमोजिम हुनेछ। केन्द्रीय बैंकका अनुसार प्रतिग्राहक १५ लाख रूपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, १० करोड रूपैयाँसम्मका विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्टरूपमा प्रदान गरिनेछ।
राष्ट्र बैंकको निर्देशनानुसार बैंक तथा वित्तीय संस्थाले समय तोकेर कर्जाका लागि आह्वान गर्नेछ। तोकिएको कागजातसहित ग्राहकले बैंकका सम्बन्धित शाखामा निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएको एक महीनाभित्र उक्त पुनर्कर्जासम्बन्धी निर्णय गरिनेछ। बैंकका प्रतिशाखा पाँच ग्राहकले मात्रै त्यस्तो कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
यस्तै उद्योगको सञ्चालन अवस्था राम्रो रहेको वा विगत तीन वर्षको मुनाफा हेर्दा औसतमा प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायले भने त्यस्तो कर्जा पाउने छैनन्। चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सूर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जासमेत अयोग्य हुनेछ। रासस
" /> काठमाडाैं। नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि १५ लाख रूपैयाँसम्मको पुनर्कर्जा दिन सकिने प्रावधानसहितको पुनर्कर्जा कार्यविधि, २०७७ ल्याएको छ।कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारीरूपमा पुनः अगाडि बढाउने लक्ष्यका साथ केन्द्रीय बैंकले उक्त कार्यविधि ल्याएको हो।

">