र्‍यापर भिटेन रिहा
प्रहरीले बुवाको जमानीमा भिटेनलाई हिजो साँझ रिहा गरेको हो ।
उनलाई १३ कात्तिकमा प्रहरीमा हाजिर हुने गरी बुवाको जमानीमा कागज गरेर छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले देखापढीलाई बताएकी छन्।
भिटेनले  ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीत यूट्यूबबाट हटाएका छन्।
गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरी अपराध महाशाखाको टोलीले भिटेनलाई ७ कात्तिकमा पक्राउ गरेको थियो।
भिटेनले प्रहरीको युनिफर्म लगाई गाँजा खाइरहेको फोटो सामाजिक सञ्जालमा प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा मुद्दा चलाउने तयारी गरेको थियो।
यसअघि ५ कात्तिकमा गायक दुर्गेश थापालाई ‘ह्यापी तिहार’ बोलको गीतमा लागुऔषधलाई बढावा दिने शब्दको प्रयोग गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो।
उक्त गीत यूट्यूबबाट हटाएपछि उनी रिहा भएका थिए । तर, प्रहरी नियन्त्रणबाट छुटे लगत्तै उनले विवादास्पद शब्द म्यूट गरेर पुनः गीत अपलोड गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्