काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले दिएको समयमा कर तिर्न नसक्ने बताएको छ।
चेम्बरले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ७० दिनदेखि लकडाउन जारी रहेकाले कर तिर्न नसक्ने बताएको हो।
गएको ७० दिनदेखि लकडाउन भएकाले सम्पूर्ण कारोबार ठप्प रहेकाले तोकिएकै समयमा कर तिर्न समस्या हुने बताएको छ।
कारोबार ठप्प भएकाले कर्मचारीलाई पारिश्रमिक दिन र बैंकको ब्याज तिर्न समेत नसक्ने अवस्था आएको चेम्बरको भनाइ छ।
“आगामी वर्ष २०७७/७८ को प्रस्तुत बजेट सम्वोधनको क्रममा समेत व्यावसायिक क्षेत्रले भोगिरहेको कठिन चुनौतीलाई स्वीकार गरिसकेको अवस्था छ।”, चेम्बरले भनेको छ।
त्यसैले कठिन अवस्थामा व्यावसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि कर तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको विवरण र कर रकम लकडाउनको अवधिमा बुझाउने म्याद जारी गर्नु नै तलत रहेको चेम्बरले बताएको छ।
" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले दिएको समयमा कर तिर्न नसक्ने बताएको छ।चेम्बरले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि ७० दिनदेखि लकडाउन जारी रहेकाले कर तिर्न नसक्ने बताएको हो।

">