आज काग तिहार

काठमाडौं। आज कागको पुजा गरेर काग तिहार मनाइँदैछ।

धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देशवाहकको रुपमा लिई पूजा गरेर चोखो खानेकुरा दिने गरिन्छ।

कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ।

काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ।

यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ।

तर, काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण हिजो बेलुकीदेखि नै शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्