काठमाडौं। विदामा नेपाल आएकी जापानमा अध्ययनरत एलिना कार्की ९ जेठमा नेपाल एअरलाइन्सको चार्टर्ड विमानमा जापान फर्किइन्।
जापानले स्वास्थ्य संकटकाल हटाएर दैनिक जनजीवन नियमित गरेपछि शैक्षिक संस्थाले पढाइ शुरू गर्न थालेसँगै उनलाई जसरी पनि जापान फर्कनुपर्ने थियो। नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित गरिएकोले उनी वेचैनीमा थिइन्।
त्यहीबेला सुमेघ ट्राभल एण्ड टुर्स प्रालिले नेपाल एअरलाइन्सको विमान चार्टर्ड गरेर जापानको नारितासम्म यात्रु लैजाने तयारी गर्यो। यो सूचनाले कार्कीलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो। टिकटका लागि ट्राभल एजेन्सीमा सम्पर्क गर्दा टिकटको मूल्य १२ सय अमेरिकी डलर अर्थात् एक लाख ४४ हजार रूपैयाँ तिर्नुपर्ने भनियो।
अन्तर्राष्ट्रिय उडान रद्ध भएपछि ४० हजार रूपैयाँको टिकट रद्ध गरेर बसेकी कार्की एकतर्फी उडानको मात्रै झण्डै डेढ लाख तिर्नुपर्ने भनेपछि केही दिन अलमलिइन्। अरु उपाय केही नभएपछि अन्ततः उनी ट्राभल एजेन्सीले भनेजत्ति नै पैसा तिरेर जापान उडिन्।
“नेपाल बस्दा पढाइ छुट्ने डर भयो। लामो समय आउन नसक्दा पढाइकै लागि गरिएको काम पनि छुट्ने अवस्था आयो। त्यसैले महङ्गो टिकट मूल्य तिरेरै भए पनि जापान फर्किएकी हुँ”, उनले भनिन्।
एलिनाजस्तै समस्यामा परेका हजारौं यात्रु लकडाउनकै बीचमा विदेश फर्किएका छन्। लकडाउन भएयता विभिन्न एअरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म करीब आठ हजार मानिस विदेश फर्किएका छन्।
कतिपय सम्बन्धित देशका दूतावासले चार्टर्ड गरेको विमानमा फर्किए भने कतिपय चाहिँ ट्राभल एजेन्सीहरूले दूतावाससँगको समन्वयमा व्यवस्था गरिएको चार्टर्ड विमानमा गए।
चार्टर्ड जहाजको टिकट मूल्य भने सामान्य अवस्थाको भन्दा तेब्बरसम्म महङ्गो तिर्नुपरेको छ, यात्रुहरूलाई।
सुमेघ ट्राभलले २, ४ र ९ जेठमा नेपाल एअरलाइन्सको चार्टर्ड विमानमार्फत् जापानको नारितामा तीनवटा उडान गराएको थियो। उक्त विमानमा सुमेघले इकोनोमी क्लासको टिकटको मूल्य १२ सय अमेरिकी डलर (१ लाख ४४ हजार रूपैयाँ) र विजनेश क्लासको लागि १८ सय अमेरिकी डलर (दुई लाख १६ हजार रूपैयाँ) लिएको थियो।
१९ फागुन २०७६ मा नेपाल एअरलाइन्सले जापानको नारितामा व्यावसायिक उडान शुरू गर्दा इकोनोमी क्लासको टिकट मूल्य एकतर्फी ३७ हजार र दुईतर्फी ७३ हजार रूपैयाँ निर्धारण गरेको थियो। सुमेघले लिएको मूल्य नेपाल एअरलाइन्सले व्यावसायिक उडान गर्दाको भन्दा चार गुणा बढी हो।
विदेशमा बस्ने लकडाउन हुनुअघि नै आएका, रोजगारी र अध्ययनका क्रममा विदेशमा भएका तर, आफन्त भेट्नका लागि स्वदेश आएका नेपालीहरू अहिले चार्टर्ड विमानमा यही चर्को मूल्य तिरेर फर्कंदै छन्।
२९ जेठमा सुमेघले नै नेपाल एअरलाइन्सको विमान नारिता लैजान लागेको छ। त्यसका लागि १२ सय अमेरिकी डलर नै टिकट मूल्य तय गरिएको छ।
सुमेघका प्रबन्ध निर्देशक मेघ केसी भने एकतर्फी उडानमा मात्रै यात्रु हुने भएकाले भाडा केही महङ्गो पर्ने बताउँछन्। “जहाजमा ८० प्रतिशत अकुपेन्सी हुने अनुमान गरेर भाडा तय गरिन्छ। यो अन्तर्राष्ट्रिय प्रचलन हो। त्यसमा नाफा पनि हुन सक्छ, घाटा पनि हुन सक्छ। नाफा घाटाको जोखिम लिएर नै काम गर्ने हो”, केसीले भने।
चार्टर्ड उडानमा पनि दुइतर्फी नै यात्रु हुने भए भाडा आधाभन्दा सस्तो हुने उनी बताउँछन्।
जापानको एउटै उडानमा ७२ लाख नाफा
नेपाल एअरलाइन्सले चार्टर्ड उडानको लागि वाइडबडी जहाजको प्रतिघन्टा १७ हजार २८० अमेरिकी डलर मूल्य तोकेको छ। काठमाडौंबाट नेपाल एअरलाइन्सको जहाज नारिता पुगेर फर्कंदा १५ घण्टाको उडान हुन्छ। त्यसका लागि नेपाल एअरलाइन्सले ३ करोड ११ लाख रूपैयाँ भाडा लिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसार सुमेघ ट्राभलले ९ जेठमा १९७ जना नेपाली र अरू विदेशी गरेर कूल २६८ जना यात्रु जापान पठाएको थियो। उनीहरूसँग १२ सय अमेरिकी डलरको दरमा टिकटबाट तीन करोड ८५ लाख ९२ हजार संकलन भयो।
“एकतर्फी उडानमा मात्रै यात्रु हुन्छन्। विमानस्थलमा यात्रुले तिर्ने कर पनि हामीले नै तिरिदिनुपर्छ। त्यसैले, चार्टर्ड फ्लाइटमा ८५ हजार भाडा महङ्गो होइन”, हारभेस्ट मुन ट्राभल एजेन्सीका अध्यक्ष रामप्रसाद श्रेष्ठ।
जहाजको भाडा तिरेर पनि ट्राभल एजेन्सीले ९ गतेको उडानमा मात्रै ७४ लाख ८८ हजार नाफा कमायो। एकै सातामा उसले यस्तै तीन वटा उडान जापानको नारितामा गरेको थियो। ४ जेठको उडानमा २३२ जना जापान गएका थिए।
“१७ मे (४ जेठ)को उडानमा २७० जना यात्रु हुनुपर्थ्यो। २३२ जना यात्रुलाई मात्रै हामीले जापान लैजान सक्यौं”, केसीले भने।
३५ हजारमा पुगिने हङकङमा एक लाखसम्म भाडा
१९ जेठ साँझ नेपाल एअरलान्सका दुई न्यारोबडी र एक वाइडबडी चार्टर्ड विमान हङकङ गए। ती विमानमा ५८२ जना यात्रु हङकङ फर्किएका थिए। त्यसरी फर्कनेमध्ये धेरैजसो हङकङमा स्थायी बसोबास अनुमति लिएका नेपाली थिए।
हङकङमै रहेको सनराइज ट्राभलले नेपाल एअरलाइन्सको वाइडबडी विमान चार्टर्ड गरेको थियो भने काठमाडौंको हारभेस्ट मुन ट्राभल एजेन्सीले दुईवटा न्यारोबडी विमान चार्टर्ड गरेर यात्रु हङकङ लगेको थियो।
हङकङको लागि सनराइज ट्राभलले एक लाख रूपैयाँ भाडा लियो। सनराइजले चार्टर्ड गरेको वाइडबडीमा २७२ जना यात्रु हङकङ फर्किए।
काठमाडौंबाट हङकङ पुगेर फर्कदा करीब ९ घन्टाको उडान अवधि हुन्छ। हङकङमा वाइडबडी विमान पठाउँदा नेपाल एअरलाइन्सले करीब एक करोड ८६ लाख ६२ हजार लिन्छ। तर, ट्राभल एजेन्सीले प्रति यात्रु एक लाख रूपैयाँका दरले २७२ जनाबाट दुई करोड ७२ लाख रूपैयाँ उठायो। यसबाट ट्राभल एजेन्सीले करीब ८५ लाख नाफा कमायो।
सामान्य अवस्थामा काठमाडौंबाट हङकङको औसत हवाई भाडादर ३५ हजार रूपैयाँ हो।
न्यारोबडी विमान हङकङ पठाउँदा नेपाल एअरलाइन्सले प्रति उडान घन्टा ८ हजार ७४० अमेरिकी डलर भाडा लिएको छ। यस हिसाबले दुई न्यारोबडी विमानको चार्टर्ड शुल्क करीब एक करोड ८८ लाख ७८ हजार तिर्नुपर्छ।
तर, हारभेस्ट मुन ट्राभल एजेन्सीले ३१० जना यात्रुबाट ८५ हजार रूपैयाँको दरले दुई करोड ६३ लाख ८५ हजार रूपैयाँ उठायो। ट्राभल एजेन्सीलाई एकै दिनको दुईवटा उडानबाट ७४ लाख ७२ हजार नाफा भयो। यसबाहेक, नेपाल वायुसेवा निगमले दिने ५ प्रतिशत कमिसन छुट्टै आउँछ।
हारभेस्ट मुन ट्राभल एजेन्सीका अध्यक्ष रामप्रसाद श्रेष्ठ चार्टर्ड जहाजको भाडा महङ्गो पर्नु स्वाभाविक भएको बताउँछन्। “एकतर्फी उडानमा मात्रै यात्रु हुन्छन्। विमानस्थलमा यात्रुले तिर्ने कर पनि हामीले नै तिरिदिनुपर्छ। त्यसैले, चार्टर्ड फ्लाइटमा ८५ हजार भाडा महङ्गो होइन”, श्रेष्ठले भने।
अमेरिका जाँदा पनि उस्तै
जापान र हङकङको उडान मात्र होइन, दरबारमार्गमा रहेको प्रेसिडेन्ट ट्राभल एण्ड टुर्सले अमेरिकी दूतावाससँगको समन्वयमा कतार एअरवेजको जहाज चार्टर्ड गरेर नेपालमा रहेका अमेरिकी र नेपालीलाई अमेरिका पठायो। ११ जेठमा कतार एअरवेजको जहाज काठमाडौं आएर ३२० जना यात्रुलाई अमेरिका लगेको थियो।
उक्त उडानका लागि प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स प्रालिले प्रतियात्रु तीन लाख ५० हजार रूपैयाँसम्म लिएको थियो। सोही उडानमा अमेरिका फर्किएका एक यात्रुले टिकट पाउन मुश्किल भएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रीको सचिवालयलाई भन्न लगाएर टिकट लिएका थिए। नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित भएपछि उनी ८९ हजारको टिकट रद्ध गरेर बसेका थिए।
प्रेसिडेन्ट ट्राभल एण्ड टुर्स प्रालिले न्यूजिल्याण्ड र क्यानडाको लागि पनि चार्टर्ड उडानको व्यवस्थापन गरेको थियो।
२० जेठमा स्काई लिंक टुर्स एण्ड ट्राभलले ७ जना बालबालिका सहित २६४ जना यात्रुलाई टर्किस एअरको जहाज चार्टर्ड गरेर अमेरिका पठाएको छ।
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पनि ट्राभल एजेन्सीले लिएको भाडाको विषयमा विभागले कुनै ‘एक्सन’ लिन नसक्ने बताउँछन्।
दरबारमार्गमै रहेको सेरेना टुुर्स एण्ड ट्राभल्सले २२ र २५ जेठमा नेपाल एअरलाइन्सको जहाज जापानको नारिता पठाउनेगरी प्रतियात्रु १२ सय अमेरिकी डलर लिएर टिकट बुकिङ गरिरहेको छ।
त्यसका लागि सजिलै टिकट नदिएपछि ठूलै सोर्स लगाउनु परेको २२ जेठका लागि टिकट लिएका एक यात्रुले बताए। “मैले २२ जेठको उडानको लागि भनेर एक लाख ४२ हजार बुझाएको छु। पैसा त बुझाए तर, जान पाइने हो कि होइन चिन्ता लागेको छ”, उनले भने।
नियामक निकाय भन्छन्– नियमन गर्न सक्दैनौं
लकडाउनको अवधिमा विदेश फर्कने यात्रुहरूले अत्यधिक महङ्गो हवाई भाडा तिर्नुपरे पनि ट्राभल एजेन्सीले जथाभावी लिएको हवाई भाडाको नियमन भने कुनै निकायले गर्दैनन्।
नेपाली हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडानको भाडा तोक्न नसक्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।
“हामी अन्तर्राष्ट्रिय उडानको भाडा तय गर्दैनाैं। चार्टर्ड उडानमा टिकटको मूल्य सामान्य अवस्थाको भन्दा महङ्गो नै पर्छ। असाध्यै महङ्गो लाग्यो भने यात्रुलाई त्यसमा नजानुहोस् भन्ने बाहेक हामी केही गर्न सक्दैनौं”, पोखरेलले भने।
अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीहरूको प्रतिस्पर्धाकै आधारमा भाडादर तय हुने पोखरेल बताउँछन्।

“उनीहरूले सम्बन्धित देशको दूतावाससँगको समन्वयमा काम गरेका हुन्छन्। जापानको भाडा महङ्गो भएको भन्ने गुनासो आएपछि हामीले सम्बन्धित ट्राभल एजेन्सीलाई सोधेका थियौं। हामीलाई त्यति नै मूल्य पर्ने हिसाब देखाए”, घिमिरेले भने।
आन्तरिक उद्धारको उडानमा हो भने विभागले एक्सन लिन सक्ने तर, विदेशको उडानमा लिइएको भाडामा केही भन्न नसकिने घिमिरेको भनाइ छ।
" /> काठमाडौं। विदामा नेपाल आएकी जापानमा अध्ययनरत एलिना कार्की ९ जेठमा नेपाल एअरलाइन्सको चार्टर्ड विमानमा जापान फर्किइन्।जापानले स्वास्थ्य संकटकाल हटाएर दैनिक जनजीवन नियमित गरेपछि शैक्षिक संस्थाले पढाइ शुरू गर्न थालेसँगै उनलाई जसरी पनि जापान फर्कनुपर्ने थियो। नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित गरिएकोले उनी वेचैनीमा थिइन्।

">