वैज्ञानिकले फेला पारे पृथ्वीकै सफा हावा <p>वासिङ्टन । वैज्ञानिकहरूले पृथ्वीकै सफा हावा फेला परेको बताएका छन् ।</p> <p>अन्टार्कटिका महादेशस्थित दक्षिण महासागरमा मानवीय गतिविधिका कारण उत्पन्&zwj;न हुने प्रदुषित कणरहित हावा पत्ता लागेको उनीहरूले बताएका छन् ।</p> <p>सीएनएनका अनुसार अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूले लामो अध्ययनपछि त्यस क्षेत्रको हावालाई पृथ्वीकै सफा रहेको बताएका हुन् । त्यहाँसम्म मानवीय गतिविधि नपुगेकाले हावा शुद्ध रहेको उनीहरूको भनाइ छ । त्यहाँ अलग्गै प्रकारको वायुमण्डलीय क्षेत्र फेला परेको वैज्ञानिकहरू बताउँछन् ।</p> <p>मौसम र तापक्रमबीच अन्योन्याश्रित सम्बन्ध छ । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रममा वृद्धि भइरहँदा वैज्ञानिकहरू त्यसको प्रभाव नपरेको पृथ्वीकै विभिन्&zwj;न भागको अध्ययनमा जुटेका छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्