अब चितवनसम्म पाइपबाटै डिजेल र ग्यास
काठमाडौं। भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात शुरू गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाट ल्याउने भएको छ।

भारत मेतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच सहमति भएको छ।

मोतीहारी–अमलेखगन्ज पेट्रोल पाइपलाइन चितवनसम्म विस्तार गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।

करीब २५ अर्ब रूपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन र भण्डारणस्थल निर्माण गरिनेछ।

निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार ग्यास र पेट्रोलियम पदार्थ ढुवानीका लागि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सहमति आइओसीसँग भएको हो।

“पाइपलाइन निर्माण गर्न सहमति भएपछि संयुक्त रूपमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका छौं,” उनले भने, “अब जिटुजी गरेपछि निर्माण प्रक्रिया अघि बढ्नेछ।

आजको नागरिक दैनिकमा छापिएको समाचार अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आज पाइपलाइन विछ्याउने रुटमा औपचारिक प्वाइन्ट पिलर गाड्ने छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्