काठमाडौं। क्षेत्रपाटीका ३६ वर्षीय विनोद मोक्तान लकडाउनको अघिल्लो डेढ महीना त कोठामै बसे। श्रीमती र दुई छोराछोरीसहित काठमाडौंमा बस्दै आएका उनी अचेल भने आफ्नो काममा फर्किएका छन्। काठमाडौंका सडकमा रिक्सा चलाउन थालेका छन्।

काममा नफर्किउन् पनि कसरी ? “डेढ महीना कोठामा बस्दा न कतैबाट राहत पाइयो, न त कोही दुई, चार हजार रूपैयाँ ऋण दिन तयार भयो।दिनदिनै भोकै बस्नुभन्दा रोग लागे लागोस् भनेर काममा निस्किएँ”, मोक्तान भन्छन्।

उनले रिक्सा चलाउने मूख्य थलो काठमाडौंको ठमेल क्षेत्र हो। बिहान ५ बजेदेखि राति ८ बजेसम्म रिक्सा चलाउँदा कहिले ४/५ सय कमाई हुन्छ। त्यही दिन उनको कोठामा खाना पाक्छ। उनले बाहिरबाट कमाएर एक पैसा पनि नल्याएको दिन भने पुरै परिवार कसले खाना बाँडिरहेछ भन्ने पत्ता लगाएर दौडिनुपर्छ।

नगरपालिकाबाट राहत दिन भनेर उनकोमा नआएका पनि होइनन्। घरमै पुगेका नगरपालिकाका प्रतिनिधि पनि राहत नदिई फर्किए।किन ? “कोठा राम्रो भएकाले”, मोक्तान सुनाउँछन्, “श्रीमती, छोराछोरी र आफू पनि कमाउने भएकाले कोठामा सामान जोडेको थिएँ। तर, अहिले त कसैको पनि काम भइरहेको छैन ।”

मोक्तानले मासिक कोठाभाडा १२ हजारका दरले तिर्नुपर्छ। अहिले कोठाभाडा तिर्नै समस्या भएपछि उनी आफुलाई जोखिममै राखेर भए पनि बाहिर कामका लागि निस्किएका हुन्।

“के गर्ने हजुर, घरबेटीले कोठाभाडा मागिराख्छ। एक पैसा पनि आम्दानी नभएका बेला कसरी १२ हजार तिर्नु ? अनि परिवार पाल्न पनि त गाह्रो भयो। त्यही भएर कोरोना लागे पनि लागोस् भनेर काम गर्न थालेको हुँ”, उनले भने।

क्षेत्रपाटीमै बस्दै आएका २९ वर्षीय मनोज श्रेष्ठ पनि दिनभर रिक्सामा यात्रुको पखाईमा हुन्छन्। कोठामा भएका बिरामी वृद्ध आमाबुबालाई एक छाक खाना खुवाउन पनि समस्या परेपछि उनी रिक्सा बोकेर सडकमा निस्किन थालेका छन्। सरकारले राहत दिने बहानामा नाटक मात्रै गर्ने गरेको उनको गुनासो छ।

“खाना नपाएर मान्छे मरिरहेको हुन्छ। सरकार भने नाटक देखाउन घरी नागरिकता ले भन्छ, घर केही पुगेन भन्छ, हामीले कसरी राहत पाउने ? त्यही भएर सरकारको त्यो चटक हेर्न भन्दा त काम गर्नुपर्‍यो भनेर रिक्सा लिएर सडकमा निस्किएँ” उनी भन्छन्।

सोह्रखुट्टमा बस्दै आएका सोलुखुम्बुका ४५ वर्षीय प्रकाश तामाङको पीडा पनि उस्तै छ। चारजना छोराछोरी र श्रीमतीसहित ६ जनाको परिवार उनकै कमाइमा पालिएका छन्। छोराछोरी सबै स-साना छन्। श्रीमती हातखुट्टा सुन्निने रोगबाट पीडित छिन्।

“उनलाई प्रत्येक महीना १० हजार रूपैयाँको त औषधि नै खुवाउनुपर्छ। सरकारबाट आउने राहतले पनि हुँदैन। खानाको लागि त राहतले होला तर, औषधिका लागि के गर्ने? त्यही भएर काममा फर्किए”, उनको भनाई छ।

लकडाउन नहुँदा उनले दिनमै दुई, तीन हजार कमाउँथे। तर, लकडाउनका कारण उनले बढीमा हजार रूपैयाँ कमाउन थालेका छन्।कुनै दिन त दिनभर घाम, पानी, धुलो खाएर पनि कोठामा रित्तो हात जानुपर्ने हुन्छ।

रिक्सा मालिकलाई दैनिक १५० रूपैयाँ दिनुपर्नेमा अहिले भने जुन दिन कमाइ भयो, त्यही दिनको १०० रूपैयाँ दिनुपर्छ।

“म त आफ्नोभन्दा पनि श्रीमती र छोराछोरीको लागि कोरोना लागे लागोस् भनेर काममा निस्कन्छु। राति घरमा गएपछि कसैलाई पनि नछोइकन अलग्गै बस्छु। यदि कोरोना लागि हाल्यो भने पनि परिवारलाई त लाग्दैन नि” उनी भन्छन्, “अहिले त सबैजना काठमाडौंकै छन्, बाहिरबाट आएकाहरू भए जोखिम हुन्थ्यो।”

उनीहरू दिनभर ठमेल क्षेत्रमा बस्छन्। कोही यात्रु पायो भने उनीहरूलाई गन्तव्यमा पुर्‍याउँछन्। नत्र त्यही बसेर राति रित्तो हात कोठामा जान्छन्।

ठमेल सातघुम्तीमा कफी विथ मेन्ज सञ्चालन गर्दै आएका मिनहाज खानले उनीहरूलाई दिउँसोको खाना खुवाउँछन्। उनीहरूले दिनभर जति पनि कमाइ गर्छन्, त्यही पैसाले घरमा चाहिने सामान लिएर जान्छन्। आफू त बाहिरै खाएर जाने गर्छन्।

" /> काठमाडौं। क्षेत्रपाटीका ३६ वर्षीय विनोद मोक्तान लकडाउनको अघिल्लो डेढ महीना त कोठामै बसे। श्रीमती र दुई छोराछोरीसहित काठमाडौंमा बस्दै आएका उनी अचेल भने आफ्नो काममा फर्किएका छन्। काठमाडौंका सडकमा रिक्सा चलाउन थालेका छन्।

"> लकडाउनमा पनि किन सडकमा छन् काठमाडौंका रिक्साचालक ?: Dekhapadhi
लकडाउनमा पनि किन सडकमा छन् काठमाडौंका रिक्साचालक ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्