राष्ट्रपतिद्वारा तिहारको शुभकामना
<p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा शुभकामना दिंदै शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हाँसिल हुने विश्वास व्यक्त गरेकि छन्।</p>
<p>राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा तिहारको पावनअवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरिएको छ। </p>
<p>तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको राष्ट्रपतिले बताएकि छन्।</p>
<p>तिहार पर्वको अभिन्न अङ्गको रुपमा रहेको देउसी–भैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने राष्‍ट्रपतिको शुभकामनामा उल्लेख छ। </p>
प्रतिक्रिया दिनुहोस्