इन्जिनियरसहित २ जना घुस रकमसहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश ५ अन्तर्गतको शिक्षा विकास निर्देशनालय बुटवल रुपन्देहीका दुई जनालाई घुससहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा निर्देशनालयमा कार्यरत् सबइन्जिनियर सन्दिप पौडेल र जेसीभी चालक बिक्रम बस्नेत छन्।

सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत उनीहरुबाट बरामद गरिएको अख्तियारले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अख्तियारका अनुसार जेसीभी चालक बस्नेतलाई घुस रकम लिन प्रयोग गरिएको हो।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भएर अन्तिम किस्तावापतको रकम बिद्यालयको खातामा निकासा गर्ने सिलसिलामा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा उनीहरुलाई बुटवल उप-महानगरपालिका वडा नं. २, स्थित उजिरसिंह टोलबाट नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्