काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच सप्तरीको छिन्नमस्ता गाउँपालिकामा झडप भएको छ।
झडपमा दुवै पक्षका १४ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको छ।
प्रदेश २ का प्रहरी प्रमुख, डीआइजी धिरजप्रताप सिंहले सार्वजनिक जग्गा प्रयोग गर्ने विषयमा दुवै पक्षबीच झडप भएको बताए।
“सुरक्षाकर्मीहरूले नियन्त्रणको प्रयास गर्दागर्दै उनीहरूबीच झडप भयो”, उनले भने, “सशस्त्र प्रहरीले ३ राउण्ड अश्रुग्याँस हाने पनि स्थिति नियन्त्रण हुन सकेन।”
त्यसपछि घटनास्थलमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले ४/४ राउण्ड हवाई फायर गरेको डीआइजी सिंहले बताए।
हवाई फायर गरेपछि स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा आएको छ।
त्यहाँ रहेका सुरक्षाकर्मीबाट स्थिति नियन्त्रणमा आउन नकसेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा नै थप सुरक्षाकर्मी परिचालन गर्नुपरेको थियो।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताबीच सप्तरीको छिन्नमस्ता गाउँपालिकामा झडप भएको छ।झडपमा दुवै पक्षका १४ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको छ।

">