जिउँदो कुखुराको मूल्य प्रतिकिलाे २६० पुग्यो, उपभाेक्ता मूल्य ३६० पुग्‍ने संकेत
काठमाडौं। बजारमा कुखुराको अभाव बढेपछि जिउँदो कुखुराको मूल्य बढेर प्रतिकिलाे २६० रूपैयाँ पुगेको छ।

मागअनुसारको उत्पादन हुन नसकेपछि कृषकहरूले नै कुखुराको मूल्य बढाएका हुन्। जसअनुसार, अब कुखुरा पाल्ने कृषकले नै प्रतिकिलाे २६० रूपैयाँ पाउन थालेका छन्।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने, “यसअघि कृषकले प्रतिकिलाे १८० देखि २२० रूपैयाँसम्म पाउँदै आएका थिए। तर, अहिले मूल्य बढेर प्रतिकिलाे २६० रूपैयाँ कृषकले पाउन थालेका छन्।”

नेपाल ह्याचरी संघका अध्यक्ष टीका पोखरेलले कुखुरापालक कृषकले फार्ममा पाउने मूल्यमा १०० रूपैयाँ बढाएर उपभाेक्ताललाई बेच्ने गरिएकाे बताए।

कृषकले बेच्ने मूल्य २६० मा १०० रूपैयाँ थप गरेर बेच्दा उपभोक्ता मूल्य प्रतिकिलाे ३६० रूपैयाँसम्म पुग्ने बताइएको छ।

उनका अनुसार, लकडाउनका कारण कुखुराको बिक्री घटेपछि कृषकले कुखुराको उत्पादन घटाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्