काठमाडौं। आउँदो ३२ जेठ मध्यरातसम्म देशभर लकडाउन यथावत् छ। सरकारले ११ चैतदेखि शुरू गरेको लकडाउन पटक-पटक थपेर जेठ मसान्तसम्म पुर्याएको हो।
कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनको अवधि निरन्तर थपिएपछि त्यसप्रतिको असन्तुष्टि पनि बढ्दो छ। र, पछिल्लोपटक यो अवधि थपिएसँगै व्यवसायीहरूले लकडाउन अवज्ञा गर्ने निर्णय गर्न थालेका छन्।
काठमाडौंको दरबारमार्ग क्षेत्रका व्यवसायीले अब निरन्तर व्यवसाय खोल्ने भनेर आफ्ना आउटलेटको सरसफाइ शुरू गरेका छन्।
दरबारमार्ग डेभलपमेन्ट बोर्डको २० जेठमा बसेको अनौपचारिक बैठकले लकडाउन अवज्ञा गरेरै भए पनि पसल खोल्ने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार, व्यवसायीहरूले आज पसल खोलेर सरसफाइ थालेका छन्।
काठमाडौंको मैतिदेवीका व्यवसायीहरू त पसल खोल्न पाउनुपर्ने माग गर्दै विरोधमा नै उत्रिए। त्यसपछि काठमाडौं महानगरपालिका वडा नम्बर २९ का अध्यक्ष कुश ढकालले २२ जेठबाट दिउँसो १ बजेसम्म पसल खोल्न अनुमति दिएका छन्।
व्यापारीहरू पसल खोल्न पाउनुपर्ने माग गर्दै विरोधमा उत्रिएपछि दिउँसो १ बजेसम्म पसल खोल्न सहमति दिइएको ढकालले देखापढीलाई बताए।
काठमाडौंबाहिर पनि यस्तो अवस्था देखिएको छ। सुर्खेत उद्योग वाणिज्य संघले पनि आजबाट लकडाउनको अवज्ञा गर्ने भन्दै विज्ञप्ति प्रकाशन गरेको छ। संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले आजबाट बजार खोलेर व्यवसाय सञ्चालन गर्ने बताएका छन्।
उनीहरूले विज्ञप्तिमार्फत् व्यापार व्यवसाय सञ्चालन गर्न आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन्। सरकारले निरन्तर लकडाउन गरिरहेर विकल्प नदिँदा व्यापारी र व्यवसायीहरू व्ययभार धान्न नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, कैलालीका व्यवसायीहरूले पनि व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन्।
उनीहरूले कैलाली उद्योग वाणिज्य संघमार्फत् जिल्ला प्रशासन कार्यालयलाई सहजीकरणका लागि अनुरोध गरेका हुन्।
संघका अध्यक्ष पुष्पराज कुँवरले हस्ताक्षर गरेको पत्रमा व्यवसाय खुल्ने वातावरण नबनाए व्यवसायीले लकडाउन अवज्ञा गरेर व्यवसाय खुल्ला गर्ने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने उल्लेख छ।
उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल नेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायतका संगठनले लकडाउन खुकुलो बनाउन माग गरेका छन्।
उनीहरूले उपप्रधामन्त्री नेतृत्वको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिलाई रेड, एल्लो र ग्रिन क्षेत्रमा वर्गीकरण गरेर लकडाउन खुलुलो पार्न सुझाव दिएका छन्।
जोखिमको स्तर हेरेर क्षेत्रगतरूपमा भए पनि लकडाउन खुकुलो पारेर अर्थतन्त्र चलायमान बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देखापढीलाई बताइन्।
सरकारले यसअघि ४२ प्रकारका उद्योग खोल्ने निर्णय गरेको भए पनि प्रभावकारीरूपमा कार्यन्वयन हुन सकेको छैन।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन तहमा उद्योगको वर्गीकरण गरेर खोल्ने तयारी गरेको भए पनि त्यसको अहिलेसम्म ठोस निश्कर्ष आउन सकेको छैन।
उद्योगी व्यवसायीहरूले लकडाउन अवज्ञा गर्ने चेतावनी दिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै क्षेत्रका विज्ञहरूलाई आफ्नो निवास बालुवाटारमै बोलाएर परामर्श गर्दैछन्।
" /> काठमाडौं। आउँदो ३२ जेठ मध्यरातसम्म देशभर लकडाउन यथावत् छ। सरकारले ११ चैतदेखि शुरू गरेको लकडाउन पटक-पटक थपेर जेठ मसान्तसम्म पुर्याएको हो।कोरोना संक्रमणको महामारीसँग जुध्न गरिएको लकडाउनको अवधि निरन्तर थपिएपछि त्यसप्रतिको असन्तुष्टि पनि बढ्दो छ। र, पछिल्लोपटक यो अवधि थपिएसँगै व्यवसायीहरूले लकडाउन अवज्ञा गर्ने निर्णय गर्न थालेका छन्।

">