काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ जेठभित्र कर तिर्नु अर्थ मन्त्रालयले गरेको ताकेता फिर्ता लिनुपर्ने बताएका छन्।
सरकारले ताकेता फिर्ता नलिए अवज्ञाको विकल्प नरहेको देउवाले बताएका छन्। आज दिउँसो विज्ञप्ति जारी गर्दै देउवाले कर तिर्ने समयावधि थप गर्न माग गरेका छन्।
‘साना–ठूला व्यवसायीले लकडाउनका कारण भोगिरहेका चुनौतीलाई नजरअन्दाज गरेर आन्तरिक राजश्व विभागमार्फतस रकारले २५ जेठभित्र विभिन्न कर चुक्ता गर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रतिपक्षको पटकपटकको आग्रहका बावजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार विलकुल गम्भीर भएन। नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजिकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो।’
सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नु भन्दा अर्को विकल्प नरहेको देउवाले बताएका हुन्।
व्यापक पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः संचालन गर्ने दिशामा आवश्यक पहलकदमी र ठोस कार्ययोजना बनाउनुपर्ने कांग्रेसको माग छ।
‘लकडाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व र संवेदनाविहीन रहेको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५ जेठभित्र कर तिर्नु अर्थ मन्त्रालयले गरेको ताकेता फिर्ता लिनुपर्ने बताएका छन्।सरकारले ताकेता फिर्ता नलिए अवज्ञाको विकल्प नरहेको देउवाले बताएका छन्। आज दिउँसो विज्ञप्ति जारी गर्दै देउवाले कर तिर्ने समयावधि थप गर्न माग गरेका छन्।

">