काठमाडौं। सन् १९९७ मा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले नेपालमा निर्मित पस्मिनाको सल पहिरिइन्। त्यसअघिसम्म नेपालमा बनेको पस्मिनाको विश्व बजारमा खासै चर्चा हुने गरेको थिएन। तर, बेलायतकी महारानी एलिजावेथले नेपालको पस्मिना पहिरिएपछि युरोप र अमेरिकाको बजारमा नेपाली पस्मिनाले आफ्नो छुट्टै पहिचान बनायो।
त्यसलगत्तै हलिउडका कलाकारहरूले नेपाली च्याङ्ग्रा पस्मिनाको प्रयोग शुरू गरे। साथै, ‘न्यूयोर्कको फेशन शो’मा सहभागी भएका मोडलहरूले पस्मिना लगाएर क्याटवाक गरे। परिणाम, नेपालमा उत्पादित पस्मिनाको माग विश्व बजारमा ह्वात्तै बढ्यो।
बेलायतकी महारानी, हलिउडका कलाकारहरू र फेशन शोका सहभागीहरूले प्रयोग गरेपछि अमेरिका र युरोपका ठूला र महँगा मलहरूमा पस्मिनाका पोशाक सजिन थाले। सोहीकारण, सन् १९९७ देखि २००० सम्म तीन वर्षको छोटो अवधिमा नै नेपाली पस्मिनाले विश्व बजारमा आफूलाई प्रतिष्ठित ब्राण्डको रूपमा स्थापित गर्यो।
ब्राण्डका रूपमा स्थापित भएपछि सन् २००० मा नेपालबाट युरोप र अमेरिकामा १० अर्ब रूपैयाँभन्दा बढीको पस्मिनाका पोशाक निर्यात भएको थियो।
तर, नेपाली पस्मिनाको त्यो सफलता एक वर्ष पनि टिक्न सकेन। सन् २००१ मा अमेरिकामा ट्वीन टावरमा आतंकवादी हमला भएपछि पस्मिनाको निर्यात ओरालो लाग्यो। ट्वीन टावर आक्रमणपछि अमेरिकी र युरोपेली अर्थतन्त्र ओरालो लाग्यो जसले गर्दा नेपाली पस्मिनाको निर्यात घटेको व्यवसायीहरूको भनाइ छ।
नेपाल पस्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा ट्वीन टावर हमलापछि ओरालो लाग्दै गरेको निर्यात सन् २००४ मा थप प्रभावित बनेको बताउँछन्। सन् २००४ अघिसम्म अमेरिकाले नेपाली पस्मिना आयात गर्दा लाग्ने भन्सारमा छुटको सुविधा दिएको थियो। २००४ देखि त्यो सुविधा रोकियो। ट्वीन टावर हमला र भन्सार छुटको सुविधा खारेज भएपछि नेपालको पस्मिना निर्यातको आँकडा ९० प्रतिशतले ओरालो लागेको थियो।
सन् १९९७ देखि उकालो लाग्न थालेको पस्मिना निर्यात सन् २००४ मा आएर पुरानै अवस्थामा फर्कियो ।
व्यापारीको बदमासी
पस्मिनाको बजार लगातार खस्कनुमा ती दुई कारणहरू मात्र जिम्मेवार छैनन्। अल्पाइन पस्मिना उद्योगका अध्यक्ष दिनेशकुमार श्रेष्ठले नेपाली व्यापारीले बदमासी गर्दा थप समस्यामा परेको बताउँछन्। भन्छन्, “विश्वमा पहिचान स्थापना गर्दा/नगर्दै व्यापारीहरूले बदमासी गर्न थाले। पस्मिनाको उत्पादन भनेर नक्कली पोशाक विदेश निर्यात हुन थाल्यो।”
नक्कली पस्मिनाका पोशाक निर्यात हुन थालेपछि विदेशी प्रयोगकर्ताले नेपाली उत्पादनलाई विश्वास गर्न छोडे। विदेशका मलहरूमा सजिन थालेका पस्मिनाका उत्पादन विस्तारै हटाइन थाल्यो ।
“सक्कली पस्मिनाबाट बनेको एउटा सलको तौल १०० देखि २५० ग्राम हुन्छ र यो १७ दशमलव ५ माइक्रोनभन्दा तलको हुन्छ। यसभन्दा बढी तौल, माइक्रोनका र अन्य आवश्यक मापदण्ड पूरा नगरेका सामानलाई सक्कली पस्मिना भन्दै बेच्न थालेपछि विदेशीले नेपाली पस्मिना किन्न छोडे”, श्रेष्ठ भन्छन्।
त्यस्तै चीन र भारतले नेपालले भन्दा सस्तो मूल्यमा पस्मिना उत्पादन शुरू गरेपछि नेपालका पस्मिना उद्योग थप समस्यामा परे। नेपालका उत्पादन गुणस्तरीय भए पनि सस्तोमा पाउन थालेपछि पश्चिमाहरूले चिनियाँ र भारतीय पस्मिना किन्न थाले ।
त्यसपछि नेपालका व्यवसायीहरूले पनि पस्मिनाको उत्पादनमा ठूला मेसिनको प्रयोग गर्न थाले र सस्तोमा बनाउने प्रयास गरे। तर, पुरानो विरासतमा नेपाल फर्किन सकेको छैन। यद्यपि, पछिल्लो समय युरोप र अमेरिकासँग उत्तरी छिमेकी मुलुक चीनमा समेत पस्मिनाका उत्पादन केही मात्रामा जान लागेको थियो। त्यसमा पनि कोभिड–१९ महामारीको ग्रहण लागिदियो।
उठ्दै गर्दा महामारीको चपेटामा
नेपाल पस्मिना संघका अनुसार हाल नेपालमा पस्मिना उत्पादन गर्ने १३५ वटा उद्योग छन्। त्यसमध्ये झण्डै ७० वटा उद्योगहरूले नेपालबाट विदेशतर्फ निर्यात गर्दै आइरहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार विदेशी बजारमा पस्मिनाबाट बनेका सल, मफलर, स्टोल्स र ब्ल्यांकेटको माग बढी छ। ती, ७० वटा कम्पनीहरूले पनि यस्तै उत्पादनहरू निर्यात गर्दै आएका छन्।
पस्मिना संघका अनुसार पछिल्लो पाँच वर्षयता नेपालबाट तीन अर्ब रूपैयाँको हाराहारीमा पस्मिना निर्यात हुँदै आएको छ। यस्तै, सोही परिमाणको पस्मिना नेपाल घुम्न आउने विदेशी पर्यटकहरूले लैजाने गरेका छन्।
पस्मिना व्यवसायमा नेपालमा २८ हजारले रोजगारी पाएका छन् भने यस क्षेत्रबाट झण्डै १५ हजारले अप्रत्यक्षरूपमा रोजगारी पाएका छन्। तर, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले पस्मिना व्यवसायलाई नै संकटमा पारेको छ।
निर्यात गर्ने कम्पनीहरू र नेपाल घुम्न आउने पर्यटकहरूलाई पस्मिना बेचेर जीविकोपार्जन गर्ने व्यापारीहरूको रोजीरोटीसमेत गुमेको छ। पस्मिना संघका अनुसार नेपाल घुम्न आउने विदेशीलाई पस्मिना बेचेर नेपालले वार्षिक झण्डै तीन अर्ब रूपैयाँ विदेशी मुद्रा आर्जन गर्दै आएको छ। तर, महामारीका कारण पर्यटन बजार शून्यमा छ। त्यस्तै नेपाली पस्मिनाको प्रमुख निर्यात गन्तव्य युरोप र अमेरिका सबैभन्दा बढी प्रभावित भएका छन्।
सोहीकारण, आगामी दिनमा वार्षिक दुईदेखि तीन अर्ब रूपैयाँको पस्मिना निर्यात गर्न समेत समस्या पर्ने संघका अध्यक्ष थापाको आकलन छ। परिणाम, विस्तारै उकालो लाग्दै गरेको पस्मिनाको निर्यात बजार फेरि ट्वीन टावर हमला र भन्सार छुटको सुविधा खोसिएपछि जस्तै शून्य अवस्थामा झर्ने सम्भावना बढेको छ।
" /> काठमाडौं। सन् १९९७ मा बेलायतकी महारानी एलिजावेथ द्वितीयाले नेपालमा निर्मित पस्मिनाको सल पहिरिइन्। त्यसअघिसम्म नेपालमा बनेको पस्मिनाको विश्व बजारमा खासै चर्चा हुने गरेको थिएन। तर, बेलायतकी महारानी एलिजावेथले नेपालको पस्मिना पहिरिएपछि युरोप र अमेरिकाको बजारमा नेपाली पस्मिनाले आफ्नो छुट्टै पहिचान बनायो।त्यसलगत्तै हलिउडका कलाकारहरूले नेपाली च्याङ्ग्रा पस्मिनाको प्रयोग शुरू गरे। साथै, ‘न्यूयोर्कको फेशन शो’मा सहभागी भएका मोडलहरूले पस्मिना लगाएर क्याटवाक गरे। परिणाम, नेपालमा उत्पादित पस्मिनाको माग विश्व बजारमा ह्वात्तै बढ्यो।

">