मुख्यमन्त्री गुरुङको तिहार शुभकामना
<p>पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाडपर्वले राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण योगदान गरेको बताएका छन्। </p>
<p>दीपावली तथा नेपाल संवत्, छठ, इद र ल्होसार पर्वका अवसरमा शुभकामना दिंदै मुख्यमन्त्री गुरुङले यी पर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।</p>
<p>पछौटेपन, गरिबीको समस्याबाट मुक्त गराउँदै विकास र समृद्धीयुक्त प्रदेश बनाउने प्रतिबद्धता जनाउँदै गुरुङले सबैको साथ र सहयोगको अपेक्षा गरेका छन्। <em>रासस</em> <br />
</p>
प्रतिक्रिया दिनुहोस्